×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इटहरीका अपाङ्गतावरण गरेका ब्यक्तिहरुको घर–घरमा उपचार

१९ माघ २०७७

१९ माघ, सुनसरी । इटहरीमा आफनो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउदा अपाङ्गतावरण गरेका ब्यक्तिहरु उत्साहित भएका छन् ।

इटहरी उपमहानगरमा अपाङ्गतावरण गरेका ब्यक्ति तथा वालवालिकाका लागि सुरु निशूल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्वर २ का ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

Advertisement
Advertisement

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले शिविरको उदघाटन गरेको स्वास्थ्य परीक्षण कार्यक्रममा डा गुञ्जन त्रिताल,डा उपासना पोखरेल,अडियोलोजिष्ट स्पिचथेरापिष्ट रमेश चौधरी लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका छन् । कार्यक्रममा अपाङ्गता परिचय पत्र नलिएका ५४ जनाको सूचीकरण गरिएको छ ।

इटहरीमा माघ १८ देखि २६ गते सम्म अपाङ्गताभएकाहरुका लागि निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निशूल्क स्वास्थ्य शिविर सुरु भएको हो ।

इटहरी उपमहानगर, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।

माघ १९ गते वडानम्वर ३ को स्वास्थ्य क्लिनिकमा,माघ २० गते वडा नम्वर ५,७र ८का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्वर ४,६ र ९का लागि इटहरी अस्पतालमा निशूल्क स्वास्थ्य शिविर हुने छ ।

यसैगरि माघ २२ गते वडा नम्वर १०,११ र १२का लागि र माघ २३ गते वडा नम्वर १३ र १४का लागि खनार स्वास्थ्य चौकीमा निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

माघ २५ गते वडा नम्वर १७ र १८का पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्वर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्वर १,१९ र २० का लागि २० नम्वर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्वन्धि परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिइन । उनका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने छ ।

यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ ।

निशूल्क स्वास्थ्य शिविरमा सहभागि हुनका लागि अपाङ्गता भएका ब्यक्ति र वालवालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top