अब गैरआवासीय नेपालीलाई बिना शर्त अनअराइभल भिसा दिइने

१९ माघ, काठमाडौँ । गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिना कुनै शर्त अनअराइभल भिसा खुला गरिएको छ । सरकारको अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखेको छ ।

जसअनुसार अब नेपाली मुलका विदेशी वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकलाई बिना शर्त अनअराइभल भिसा दिइने भएको छ ।

यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरिएको थियो । अध्यागमन विभागले मंसिर १०, पुस १० र माघ ११ को अनुसार मन्त्रिपरिषद्को निर्णयबाट भएका व्यवस्थाहरु सार्वजनिक गरेको छ ।

Advertisement

यसबाहेक कुटनीतिक र औपचारिक राहदानी बाहक वा यूएनका कर्मचारीले समेत बिना शर्त अनअराइभल भिसा पाउने छन् । नेपालमा रहेका अन्तर्राष्टिय संस्थामा कार्यरत विदेशीलाई समेत अब बिना शर्त अनअराइभल भिसा दिइने भएको छ ।
यसैविच, विदेशबाटै नेपालको भिसा लिएर आएमा भने सबै विदेशीले प्रवेश अनुमति पाउनेछन् । भिसा नभएका विदेशी पर्यटकले भने नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्ने भएको छ ।

भिसा लिएर आउन सम्भव नभएकालाई भने सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्वस्वीकृति अनिवार्य गरिएको छ । त्यसो भएमा भने प्रवेश बिन्दुमा भिसा दिइने भएको छ ।

अनअराइभल सुविधा भने अहिले त्रिभुवन विमानस्थलमा मात्र उपलब्ध हुनेछ । स्थलमार्गबाट प्रवेश गर्न चाहने विदेशी नागरिकले भने नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।

आइतबार सार्वजनिक नयाँ सूचना अनुसार यसअघिका स्वास्थ्य सम्बन्धी प्रोटोकलका नियम भने यथावत नै राखिएको छ । नेपाल आउनु अगाडी बढीमा ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ आएको रिर्पोट र १० दिने क्वारेन्टिन भने अनिवार्य बस्नु पर्नेछ ।

जटिल स्वास्थ्य समस्या भएका, आफन्तको मृत्यु भई आफैं काजकिरियामा बस्नु पर्ने नेपाली वा नेपाली मुलुका विदेशी नागरिक र तीनका सन्तानलाई भने वैकल्पिक क्वारेन्टिनको व्यवस्थापन हुने भएको छ ।

नेपालबाट कुनै औपचारिक कार्यक्रममा भाग लिन विदेशमा गई पाँच दिन वा सो भन्दा कम अवधिमा नेपाल र्फकने पदाधिकारीले भने विदेशमा थप कोरोना परीक्षण गर्नु नपर्ने भएको छ । उनीहरुलाई नेपालमै गरिएको परिक्षण मान्य हुने छ । नेपाल फर्किएपछि पनि उनीहरुले क्वारेन्टिनमा बस्नु नपर्ने गरी छूट दिने निर्णय सरकारले गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top