मोरङका एकदर्जन बढी क्रसर उद्योग मापदण्ड विपरीत

विराटनगर, जेठ २२
मोरङका एकदर्जन बढी क्रसर उद्योग मापदण्ड विपरीत संचालन भएको पाइएको छ ।

जिल्लाका विभिन्न खोला किनार क्षेत्रमा रहेका २२ क्रसर उद्योग मध्ये पाँचवटाले मात्रै मापदण्ड पूरा गरेको पाइएको छ । बाँकी १७ वटा ले भने मापदण्ड पूरा गरेका छैनन् ।

जिल्लामा रहेका क्रसर उद्योगको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले तयार पारेको प्रतिवेदन अनुसार क्रसर उद्योग दर्ता भएपनि मापदण्ड भने पूरा नगरेको पाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

Advertisement

आचार्यका अनुसार प्राविधिक सहितको समितिले हालै बुझाएको प्रतिबेदनमा सबै मापदण्ड पूरा भएका पाँचवटा क्रसर उद्योग मात्र फेला परेका छन । अब मापदण्ड पूरा नगरेका क्रसरलाई पनि मापदण्ड भित्र ल्याएर सञ्चालन गर्न दिन निर्देशन दिइएको उनले जानकारी दिए ।

जिल्लाका विभिन्न खोला किनारमा सञ्चालनमा रहेका क्रसर उद्योगले प्रकृतिक स्रोत साधानको उत्खनन् गरीरहेको बिषयमा चासो देखाउदै जिल्ला प्रशासन कार्यालयले दुई साताअघि प्राविधिक सम्मिलित एक समिति गठन गरेको थियो ।

Advertisement

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुशीला श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । यसैबीच जिल्लामा अवैध रुपमा हुने ढुंगा गिटीको उत्खनन् रोक्न विशेष फोर्स परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि नै एक साताका लागि जिल्लास्थित उच्च स्तरको अनुगमन टोली निर्माण गरी फिल्डमा परिचालन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा खोलाबाट हुने अवैध रुपमा हुने ढुंगा गिटीको उत्खनन् रोक्न टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आर्चायले जानकारी दिए ।

स्थानीय प्रहरीको अनुगमन र नियन्त्रण गर्ने कार्य परिणाममुखी नभएपछि जिल्ला प्रहरी र सशस्त्र प्रहरीसहितको सुरक्षा फोर्स फिल्डमा रहने भएको हो । फिल्डमा रहने ५० जनाको नेपाल प्रहरीको टोलीलाई थप मद्धतका लागि सशस्त्र प्रहरी रहने गरी विशेष फोर्सलाई समेत तैनाथी गरिएको आर्चायले जानकारी दिए ।

टोलीले खोलाबाट ढुंगा गिटी उत्खनन् गर्न आईई गरिएका स्थानको पहिचान गरी मापदण्ड भित्र रहेर उत्खनन् गर्न दिने र मापदण्ड बाहिर पूर्ण रुपमा खोला उत्खनन् रोक्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top