विराटनगर,जेठ २२
मोरङमा पछिल्लो समय परिवार नियोजन गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।
नेपाल परिवार नियोजन संघ मोरङले विराटनगरमा आयोजना गरेको सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा सन २०१७ मा १७ हजार ६५ जनाले परिवार नियोजन गराएको तथ्याङक सार्वजनिक गरिएको हो ।
परिवार नियोजन संघले मोरङ लगायत ३७ जिल्लामा कार्यक्रम गर्दै आएको छ । संघले परिवार नियोजन सँगै सुरक्षित गर्भपतन पनि गराउँदै आएको जानकारी दिईएको छ ।
नेपाल परिवार नियोजन संघ बिराटनगरका कार्यालय प्रमुख शंकर दाहालले गर्भपतन गराउन आउनेको संख्या पनि बढ्दै गएको जानकारी दिए । उनले सन २०१७ मा २ सय ७३ जनाले गर्भपतन गराएकामा २४ बर्ष मुनिका २५ प्रतिशत किशोरीले गर्भपतन गराएको जानकारी दिए। यस्तै १४ देखि १९ बर्ष उमेरका १५ प्रतिशतले गर्भपतन गराउने गरेको उनले जानकारी दिए ।
परिवार नियोजन संघले १२ हप्तासम्मको सुरक्षित गर्भपतन, पाठेघरको मुखको क्यान्सर, सामान्य स्वास्थ्य जाँच, खोप, परिवार नियोजनसँग सम्बन्धित कामहरु गर्दै आएको छ ।सन २०१८ मा १८ हजार ८ सयको परिवार नियोजन गर्ने योजना परिवार नियोजन संघले बनाएको संघका मोरङ अध्यक्ष सन्तनु रेग्मीले बताए ।