म्यानमारको सैनिक ‘कु’ बारे नेपाल सरकारले भन्यो– सुकीलाई तत्काल रिहा गर

२० माघ, काठमाडौँ ।

नेपाल सरकारले म्यान्मारमा लोकतान्त्रिक र संवैधानिक प्रक्रिया चाँडै पुनर्स्थापना हुने विश्वास व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले सोमबार बेलुकी विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारमा विकासित भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएको छ ।

सरकारले म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्‍न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहितका नेताहरूलाई पनि चाँडै रिहा गर्न आग्रहसमेत गरेको छ।  म्यानमारमा भएको घटनालाई सैनिक ‘कू’को संज्ञा दिँदै अमेरिका, अस्ट्रेलिया, जापानलगायतका देशले तत्काल संवैधानिक प्रक्रिया पुनर्स्थापन गर्न आह्वान गरेका छन्।

Scroll to Top