×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिरियामा अमेरिकी नेतृत्वमा हवाई कारबाही

२२ जेष्ठ २०७५

दमासकस, जेठ २२

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार हवाई कारबाही गरेको समाचार छ ।

Advertisement

त्यस आक्रमणमा परी केही सर्वसाधारण तथा विद्रोहीको पनि मृत्यु भएको जनाइएको छ ।

लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्याह्न हवाई आक्रमण सुरु भएको हो ।

सिरियाली सरकारी समाचार संस्था सानाले सो कुरा जनाएको छ । हासाकह मै आइतबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो ।

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको छ । त्यसका विरुद्ध विगतमा पनि विरोध हुने गरेको थियो । तर पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ ।

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ ।

सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको थियो । अमेरिकी सेनाको नेतृत्वमा अरु केही देशका सेनाले यहाँ कारबाही गर्ने गरेका छन् ।

सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसामा परी तीन लाखभन्दा बढी मानिसको ज्यान गएको छ । अरु लाखौँ नागरिक घाइते भएका छन् भने ठूलो संख्याका सिरियाली देश छोडेर भाग्न बाध्य भएका छन् ।
रासस

Advertisement

 

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top