नाइजेरियामा नौ सर्वसाधारणको हत्या

२२ जेठ ७५, मंगलबार
Share this
784shares

नियामी, जेठ २२
नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गरी कम्तीमा नौ व्यक्तिको हत्या गरेका छन् ।

Advertisement

प्रान्तीय राजधानी दिफ्फाखमा सोमबार राति अबेर भएको सो आक्रमणमा नौ जना मारिएका र ती सबैजना सर्वसाधारण भएका पनि समाचारमा जनाइएको छ ।

नाइजरमा यस प्रकारको आक्रमण बारम्बार बोको हराम आतङ्ककारी समूहले गराउँदै आएको पाइन्छ । यद्यपी यस आक्रमणको भने कुनै समूहले जिम्मेवारी लिएको पुष्टि भएको छैन ।

Advertisement

नाइजर र नाइजेरियामा बोको हराम आतङ्ककारी समूहको बलियो पकड रहेको छ । यस अघि पनि नाइजेरियामा बोको हराम आतङ्ककारी समूहको हत्या हिंसा र अपहरणका घटनामा संलग्नता रहने गरेको थियो ।

सो आतङ्ककारी समूहले विद्यालयका बालबालिकालाई समेत अपहरण गर्ने, उनीहरुलाई बलात्कार गर्ने तथा कतिपयलाई जबर्जस्त आफ्नो सशस्त्र दस्तामा भर्ना गर्ने गर्दछन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top