२० माघ, काठमाडौँ । सुनको भाउ आज स्थिर रहेको छ ।
सुनको भाउ आज पनि तोलामा ९२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।
हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो ।