महिला लिगमा पुलिसमाथि विराटनगरको रोमाञ्चक जित

२१ माघ, काठमाडौँ ।
पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ ।

विराटनगरले ६ खेलबाट १० अंक जोडेर तालिकामा स्थान सुधार गरेको हो । पराजित पुलिस भने दुई अंक पछि पर्दै चौंथो स्थानमा झरेको छ ।निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौं मिनेटमा पार्वती घलेको गोलबाट अग्रता लिएको थियो । डिफेन्डरको गल्तीको फाइदा उठाउँदै लिएको अग्रतालाई विराटनगरले अन्तिम सम्म कायम राखेर खेल पस्किदाँ जारी लिगमा तेस्रो जित निकाल्न सफल भएको हो ।

पुलिसले पछि परेको अवस्थामा एक पछि अर्को काउन्टर गरे पनि विराटनगर महानगरपालिकाको रक्षापंक्तिले उत्कृष्ट खेल देखाउन सक्यो । दोस्रो हाफको अन्तिम मिनेट तिर पुलिसले दबाब दिँदै खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र विराटनरलाई नजिता सुम्पिन बाध्य बन्यो ।महिला लिग अन्तर्गत बुधबारै सम्पन्न भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले तालिकामा अंक विहिन चौदण्डीगढी नगरापालिकामाथि १२–० को फराकिलो जित निकाल्यो ।

Advertisement

शर्मिला थापाको ह्याट्रिक सहित पाँच गोलको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले चौदण्डीगढी नगरपालिकाविरुद्ध फराकिलो जित निकालेको हो । शर्मिलाले पहिलो हाफमा नै ह्याट्रिकसँगै पाँच गोल गरेकी थिइन् । ६ मिनेटमा गोलको खाता खोलेकी शर्मिलाले १२, २३, २९ र ३६औं मिनेटमा गोल गरेकी थिइन् ।

फराकिलो जित निकाल्दा सपना लामाले दुई गोल थप्दा अञ्जली वाइवा, हेमा चौधरी, विमला चौधरी, रश्मी घिसिङ र विमला विकले एक÷एक गोल गरेका थिए ।जितपछि आर्मीको पहिलो चरणको खेलबाट १३ अंक भएको छ । आर्मी दोस्रो स्थानमा यथावत रहँदा पराजित चौदण्डीगढी पुछारमा छ । चौदण्डीगढीको लगातार छैटौं हार हो ।

पहिलो चरणको समाप्तिसँगै एपिएफ १८ अंकका साथ शीर्ष स्थानमा अटाउँदा १३ अंक जोडेको आर्मी दोस्रा, १० अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ । यस्तै समान ८ अंक जोडेका पुलिस र वालिङ क्रमश चौथो र पाँचौ स्थानमा रहँदा ३ अंक जोडेको चन्द्रपुर छैटौं र अंक विहिन चौदण्डीगढी पुछारमा रहेका छन् ।महिला लिगमा दोस्रो चरणका खेल आगामी शुक्रबारबाट हुनेछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top