पूरानो संसदले अस्थिरता पैदा गर्याे नयाँ संसदले स्थायित्व दिन्छः गृहमन्त्री

२१ माघ, काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्वको निम्ति संसदको विघटन गरिएको बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षधर अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति संसद विघटन गरिएको बताएका हुन् । कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न जनतामा जाने निर्णय गरेको पनि उनको भनाई छ । जनतामा गएर मात्रै राजनीतिक स्थायित्व कायम गर्न सकिने उनले जिकिर गरे ।

बिघटित संसद अस्थिरता जन्माउने संयन्त्रको रुपमा परिणत भएको उनको भनाई छ । बिघटित संसदले स्थायित्व दिन नसक्ने र त्यसको राजनीतिक औचित्य सिद्धिएका कारण संसदको विघटन गर्नुपर्ने आवश्यकता परेको उनले बताए । बिघटित संसदको पुर्नस्थापनाले समस्याको हल नगर्ने उनको भनाई छ । पूरानो संसदले राजनीतिक अस्थिरता पैदा गर्ने भएकाले नयाँ संसदको गठनले मात्रै स्थायित्व कायम गर्नसक्ने उनले बताए । संविधानले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने विशेषाधिकार दिएको भन्दै संसद विघटनको कदम संवैधानिक रहेको निष्कर्ष सरकारले निकालेको उनले बताए ।

Advertisement

निर्वाचन आयोगले अध्यक्ष र महासचिव रहेको पार्टी नै वैधानिक पार्टी भनिसकेको गृहमन्त्री थापाले बताए । सत्ता पक्ष र प्रतिपक्ष सबै चुनावमा होमिएको भन्दै उनले सर्वोच्च अदालतले पनि निर्वाचनकै पक्षमा फैसला गर्नेमा बिश्वस्त रहेको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top