माधव नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा पुर्याए : प्रधानमन्त्री ओली

२१ माघ, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सकारको प्रयासमा अवरोध श्रृजना गर्ने काम भएको बताएका छन् । भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीद्धारा काठमाण्डौमा बुधबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव कुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा पुर्याएको बताएका हुन् ।

माधव कुमार नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिदै उहाँले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गरे। उनले भने“अघिल्लो पटक म प्रधानमन्त्री हुँदा समस्या समाधान गर्न खोजियो । माधव नेपालले आफ्नो एउटा समर्थक वकिललाई लगाएर मुद्धा लगाएर लच्चिएको लच्चियै काम हुन पाएन । भूमि व्यवस्था समाधान हुन नदिने । एउटा हाजिरी जवाफ प्रतियोगिता जस्तो चलाईहालुँ । तपाईहरुला म सोध्छु । सुकुम्बासी समस्या समाधान हुन नदिने नेताहरु मध्येको मुख्य नेता को हो ? माधव नेपाल । बनेको आयोगलाई काम गर्न नदिएर एउटा नवलपरासीको सुकुम्बासी मानसिकताको वकिलले मुद्धा हालेर त्यो आयोगले काम गर्न पाएन । र यसपटक फेरि हामीले आयोग बनाउनुपर्यो । यो आयोग बनाउन थालेको लगभग ३ बर्ष भयो । पार्टी छोडेर माधव नेपाल ‘पाटी’तिर गएपछि बल्ल आयोग पुरा भयो ।”

प्रधानमन्त्री ओलीले माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न नदिएको भन्दै उहाँहरुलाई ‘छलफलवाला मान्छे’ को संज्ञा दिए।

Advertisement

उहाँले भन्नुभयो“माधव नेपाल र नारायणकाजी भन्ने दुई जना मान्छे पार्टीमा थिए । तीनीहरु सबै छलफल हुनुपर्छ भन्ने । जतिबेला पनि छलफल हुनुपर्छ भन्ने । छलफलवाला मान्छे मैले नेपालमा भेटाएको ३ जना मान्छे । एउटा माधव नेपाल, अर्को नारायणकाजी श्रेष्ठ, अर्को घनश्याम भुसाल । जहिले जे मा पनि छलफल हुनुपर्छ । छलफल गर्नुपर्छ । सुकुम्बासी आयोग बनाऔ । छलफल गर्नुपर्छ । बनायो । किन बनाईयो ? छलफल हुनुपर्छ । पुर्णता दिउँ । छलफल हुनुपर्छ । प्रतिनिधि मागौ । होइन छलफल हुनुपर्छ । छलफलवाला मान्छेहरुले पार्टी छोडे पाटीतिर लागे । तिनीहरुको पाटीको बास हुन थालेपछि आयोग बन्यो । पूर्णता पाएको छ । काम बन्छ ।”

उनले पार्टीमा सुद्धिकरण आवश्यक रहेको र सुद्धिकरण आवश्यक रहेकाहरु आफै किनारा लागेको बताए। पार्टी छोडेर पाटीमा गएकाहरुले आफ्नो अभिष्ट पुरा गर्न नेपाल बन्द गरेर जनतालाई दुख दिने काम गरेको बताए।

Advertisement

उनले भने“उनीहरु किन छटपटाएका छन् ? नेपाल बन्द रे ? जनताले के बिगारेको थियो र ? जनतालाई किन दुख दिनुपर्यो नेपाल बन्द गरेर ? पार्टी छोडेर आफुहरु पाटीमा लाग्छन् । अनि बन्द गरेर जनतालाई दुख दिने ?बन्द भन्या के ? हिडडुल गर्न नपाउने । बन्द भन्या के ? पसल खोल्न नपाउने । किन्न जान नपाउने । पढ्न जान नपाउने । बन्द भनेको जनतालाई दुख दिने । त्यो किन गर्नुपरेको छ ? के का लागि गर्नुपर्यो बन्द ? ”

आफुलाई कम्युनिष्ट र क्रान्तिकारी भन्नेहरु नै आफ्नै पार्टीलाई धुलो बनाएर अरुसंग घुँडा टेक्न पुगेको टिप्प्पणी प्रधानमन्त्रीले गरे । उनले भने, “अस्ति माधवकुमार नेपाल शेर बहादुर देउवा जी को मा गएका थिए । रामका अगाडि हनुमान घुँडा टेकेर बसे जसरी बसेका थिए । अब २ बर्ष को प्रधानमन्त्री तपाई नै हो । तपाईलाई नै दिन्छौ । २ बर्ष को प्रधानमन्त्री खानुहोस् । लेखेर दिन्छौ क्या लेखेर दिन्छौ । सही गरेर दिन्छौ । अनि क्रान्तिका गफ गरेछन् बाहिर निस्केर । कम्युनिष्ट पार्टी धुलो पार्न खोज्ने अनि अन्त गएर घुँडा टेकेर , प्रणाम गरेर, लिखित दिन्छौ भनेर , ल्याप्चे लगाएर क्रान्तिकारीताको गफ दिने ? उहाँहरु जे हो त्यही प्रकट हुदै छ । जे हो त्यही देखिदै छ । मखुण्डो खुईलियो । मौन भएको थियो मखुण्डो खुईलियो । ”

प्रधानमन्त्रीले शुक्रबारको सभामा आउन सबैलाई निम्तो पनि दिए । उनले भने, “निम्ता गर्दा चु लेख्ने चलन हुन्छ नि । चुले निम्तो होइन । गा लेखेको छ । टो लेखेको छ । वा लेखेको छ । अथवा गावै निम्तो, टोलै निम्तो वडै निम्तो । त्यसै हिसाबले आउनुहोला । पर्सी हाम्रो भेट हुनेछ । बाकी कुरा त्यही राख्ने छु ।”

केही मान्छेहरु सरकारलाई असफल बनाउन लागि परेपनि सरकार आफ्नो उद्देश्यमा कटिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “सरकार आफ्नो उद्देश्यमा फेल हुन तयार छैन । फेल गर्न त लाग्छन् केही मान्छेहरु । छलफल गर्नुपर्छ भन्ने मान्छेहरु । उनीहरुलाई कुरा फिट्नमा आनन्द छ । काम गर्न होइन । काम गर्न नदिने कुरा फिटेर बस्नुपर्छ । ”

उनले सुकुम्बासी समस्या समाधानको विषय मुलभूत विषय भएको भन्दै सरकार समस्या समाधान गर्ने काममा लागेको स्पष्ट पारे । उनले सम्पुर्ण नेपाली जनताको राष्ट्रिय आकांक्षा सम्मृद्ध नेपाल सुखी नेपाली रहेको र त्यो आकांक्षा पुरा गर्न सबै नेपाली सम्मृद्धि हुनुपर्ने र त्यसको हिस्सेदार सबैले प्राप्त गर्नुपर्ने बताए । उनले सुख प्राप्तिका सबै मापदण्ड सबै नेपाली समक्ष पुगे मात्रै सबै नेपाली सुखी हुन सक्ने बताए । हरेक व्यक्तिले सम्मानित, सुरक्षित र भयरहित जीवन बाँच्न पाउने अधिकार प्राप्त भए मात्रै सुखको अवस्था हुने भन्दै उनले सुकुम्बासी, भूमिहिन दलित, कमैया लगायतका समस्याको समाधान नभईकन सरकारको उद्देश्य पुरा नहुने भएकाले सबै प्रकारका गरिबी हटाउने प्रयासमा सरकार लागेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या लगायतका समस्या समाधान गर्न भूमि व्यवस्था आयोग निर्माण गरेको र त्यो आयोगले देशव्यापी रुपमा पुर्णता पनि पाईसकेकाले छिटै भूमि सम्बन्धी समस्याको अन्त्य हुने प्रतिवद्धता जनाए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top