संवैधानिक निकायका नियुक्ति सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृंखला’ : कांग्रेस

२१ माघ, काठमाडौँ ।

नेपाली कांग्रेसले संसदीय सुनुवाई विना नै संबैधानिक निकायका पदाधिकारी नियुक्ती गर्नुलाई सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृंखला’को संज्ञा दिएको छ । न्युज एजेन्सी नेपाल संग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता विश्व प्रकाश शर्माले सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध घनिभुत रुपमा संघर्षका कार्यक्रम संञ्चालन गर्ने बताए ।

एकपछि अर्को संबैधानिक व्यवस्थालाई उलंघन गरेर सरकार “संविधानलाई विखण्डीत गर्ने यात्रा”मा अघि बढेको प्रतिक्रिया दिए । उनले संबैधानिक परिषद् सम्बन्धी विश्वव्यापी व्यवस्थालाई उलंघन गर्ने गर्दै अध्यादेश ल्याउदा नै आफुहरुले असहमति जनाएको र अध्यादेश फिर्ता नगरिकन हुने कुनै पनि बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको सहभागीता नरहने कुरा निर्णयका साथ गरेको स्मरण गर्दै सरकारले पार्टी भित्रको आन्तरिक द्धन्द र दुईतिहाईको दंभका कारण संविधानलाई विखण्डीत गर्ने काम गरेको आरोप लगाए ।

Advertisement

उनले भने, “संसदीय सुनुवाईपछि मात्रै नियुक्तिको प्रक्रियालाई पुर्णता दिइने भन्ने हाम्रो संबैधानिक मर्म छ । त्यस प्रकारको व्यवस्था प्रष्ट छ । तर त्यो केही पनि नगरिकन आज एकाएक सपथ ग्रहण भयो । सपथग्रहण समारोह उपराष्ट्रपति स्वंयमले वहिष्कार गर्नुपर्ने, सभामुखको अनुपस्थित रहने, प्रमुख प्रतिपक्षी नेताको त स्वभाविक रुपमा अनुपस्थिति रहने भो । यो स्थिति जन्मनुको पछाडि दुईवटा कुराले प्रधानरुपमा काम गर्यो । एकातर्फ उहाँहरुसंग रहेको भनीएको दुई तिहाईको दंभ र अर्को तर्फ उहाँहरुको द्धन्द्धका कारणले आज संविधानलाई नै विखण्डीत गर्ने प्रकारको यात्रा उहाँहरुले अगाडि बढाउनुभएको छ । ”

उनले पछिल्लो कदमलाई सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिकै एउटा श्रृंखलाको रुपमा लिएको र त्यसविरुद्धको संघर्षलाई अझै घनीभूत बनाउनुपर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top