×

NEPAL TIMES UPDATES

Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026
Playing
Top 15 Afternoon News || Mar-20-2026 || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026

यमनलाई गर्दै आएको समर्थन अन्त्य गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

२३ माघ २०७७

२३ माघ, बीबीसी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन्।

छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ। यमनमा युद्ध अन्त्य हुनुपर्छ, विदेश नीतिबारे पहिलोपटक वक्त्व्य दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने।

Advertisement

बाइडेनका दुई पूर्ववर्तीहरूको प्रशासनका बेला हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाएको थियो। सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो।

त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो। तर अलकायदाविरुद्धको कारबाहीलाई यसले असर गर्दैन।

यमन घोषणाको अर्थ के ?
बिहीवारको घोषणापछि अब अमेरिकाले आक्रामक कारबाहीहरू रोक्छ। त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि विक्री गर्न बन्द गर्छ।

बाइडेन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरू बेच्न रोकिसकेको थियो। बाइडनले यमनका लागि नयाँ दूतमा टीम लेन्डरकिंगलाई नियुक्त गर्ने ठानिएको छ।

उनी अनुभवी कूटनीतिज्ञ र मध्यपूर्व मामिलाका विज्ञ हुन्। यसले ट्रम्प प्रशासनले चाल्दै आएको नीतिमा परिवर्तनको सङ्केत गरेको छ। ट्रम्प प्रशासनका बेला साउदी नेतृत्वको गठबन्धनलाई सहायतामा वृद्धि गरिएको थियो।

गत महिना ट्रम्पका विदेशमन्त्री माइक पोम्पेओले हुथीहरूलाई आतङ्कवादी सङ्गठनको संज्ञा दिन लागिएको बताएका थिए। सहायता संस्थाहरूले भने उक्त कदमका कारण खाद्यान्न सहायताको खाँचो रहेका लाखौंलाई सेवा दिन नसकिने भन्दै आलोचना गरेका थिए।

संयुक्त राष्ट्रसङ्घले यमनमा ८० प्रतिशत जनसङ्ख्या सहायता र संरक्षणको खाँचोमा रहेको भन्दै त्यहाँ विश्वकै खराब मानवीय सङ्कट रहेको जनाएको छ। यी घोषणाहरूले यमनको विनाशकारी युद्ध अन्त्य गर्ने बाइडनको प्रतिबद्धताको पुष्टि गरेका छन्।

साउदी नेतृत्वको गठबन्धनलाई सहायता रोक्नुले रक्तपातपूर्ण अध्यायलाई त समाप्त गर्दैन तर यसले रियाद र आवुधावीमाका नेताहरूलाई सशक्त सङ्केत पठाएको छ। उनीहरू आफैँ पनि यो दलदलबाट बाहिर निस्कन प्रयास गरिरहेका छन्।

बाडडेनले अरू के भने ?
गत महिना कार्यालय छोडेका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिहरूलाई बाइडनको वक्तव्यले भङ्ग गरेको छ।

बाइडेनले अमेरिकाको विदेश नीतिमा यमनको विषयबाहेक अन्य परिवर्तनहरू पनि घोषणा गरेका छन्। तिनीहरूमा शरणार्थी मामिला र जर्मनीबाट अमेरिकी सेनालाई फिर्ता गर्ने भन्ने यसअघिको निर्णय उल्ट्याउने लगायतका निर्णयहरू छन्।

शरणार्थी भर्ना गर्ने सङ्ख्यालाई आर्थिक वर्षमा १५,००० बाट बढाएर १,२५,००० पुर्‍याउने घोषणा उनले गरेका छन्। बाइडेनले म्यानमारकी प्रजातान्त्रिक नेत्री आङ सान सू चीलाई रिहा गर्न र प्रजातन्त्र पुनर्स्थापित गर्न पनि म्यानमारको सेनालाई आह्वान गरेका छन्।

उनले रुससँग कूटनीतिक रुपमा संलग्न रहने तर मस्कोसँग ट्रम्पका बेला भन्दा कडा रुपमा प्रस्तुत हुने वाचा गरे।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top