टेलिकम १७ वर्षमाः ७० प्रतिशत जनसंख्यामा पहुँच

२३ माघ ७७, शनिबार

२३ माघ, काठमाडौँ ।

नेपालको दूरसञ्चार सेवामा अग्रणी संस्थाका रुपमा स्थापित नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ । सरकारले अघि सारेको डिजिटन नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको प्रयोगमार्फत सेवा ग्राहकसमक्ष सेवा प्रदान गर्दै आएको छ । मुलुकमा दूरसञ्चार सेवाको शुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था विसं २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भएको थियो ।

टेलिकमले कम्पनीको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबारदेखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस सेवाको शुरुवात गरेको छ । सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमको सेवा मुलुकको करीब ७० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।

Advertisement

सत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करीब चार लाख २२ हजार मात्रै भए पनि त्यसलाई वृद्धि गर्दै हाल दुई करोड नौ लाख पुगेको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोर जी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको प्रबन्ध निर्देशन डिल्लीराम अधिकारीले जानकारी दिए ।

कम्पनीले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इन्टरनेटर डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ । एफटिटिएच सेवाअन्तर्गत एउटै फाइबरका माध्यमबाट डाटा र भ्वाइस उपलब्ध भइरहेकामा गत जनवरी १ तारिखमा एनटिटिभी ब्राण्डमा आइपिटिभी सेवाको सुभारम्भ भएपश्चात् भ्वाइस डाटा र भिडियोको अवधारणा कार्यान्वयन गर्नसमेत टेलिकम सफलता भएको छ ।

निर्देशक अधिकाकारीले भने– “कम्पनीको ग्राहक आधार आधारभूत सेवातर्फ २०७६ असार मसान्तमा करीब दुई करोड २७ लाख (७६.९५५ टेली घनत्व) रहेको थियो भने करीब २० लाख निष्क्रिय ग्राहक सिष्टमबाट हटाउने क्रममा २०७७ असार मसान्तमा ग्राहक आधार करीब २ करोड (६७.७६ ५ टेली घनत्व) पुगे तापनि ग्राहक आधारमा क्रमिकरुपमा वृद्धि हुँदै २०७७ मङ्सिर मसान्तसम्म ग्राहक आधार दुई करोड नौ लाख (६९.८५ टेलीघनत्व) पुगेको छ ।”

सोमध्ये जीएसएम मोबाइलका ग्राहक एक करोड ८४ लाख ३१ हजार, सिडिएमए सेवाका १८ लाख आठ हजार र पिएसटिएन सेवाका ग्राहक छ लाख १७ हजार रहेका छन् । त्यसैगरी एफटिटिएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३०० रहेका छन् । विसं २०७७ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्टअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कूल ५३.६५ प्रतिशत रहेको छ ।

त्यसैगरी इन्टरनेट डाटा सेवातर्फ कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मङ्सिर महिनाको अन्त्यसम्ममा कूल एक करोड ६४ लाख नौ हजार ५०० भन्दा बढी पुगेको छ । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता एक करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता एक लाख ८१ हजार ५००, एफटिटिएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५०० रहेका छन् । जीएसएम फोरतर्फ हालसम्म करीब २५ लाख ग्राहक पुगिसकेको छ ।

आव २०७६/७७ मा कम्पनीको आय रु ४२ अर्ब ९८ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रु नौ अर्ब ७४ करोड भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्याएको योगदान हेर्ने हो भने आव २०७५/७६ मा कर तथा गैह्रकर गरी कम्पनीले रु ३३ अर्ब ३० करोड (कूल आयको ७५ प्रतिशत) रकम योगदान गरेको थियो भने यस आव २०७६/७७ मा रु ३५ अर्ब पाँच करोड (कूल आयको ८१ प्रतिशत) योगदान गरेको छ ।

त्यसैगरी टेलिकमले पूर्वाधार विकासतर्फ मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र वाग्मतीका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ ।

कम्पनीले वाग्मती सरसफाइ महाअभियानमा सहभागिता तथा सहयोग गर्नुका साथै नेपालमा फुटबल खेलको विकास तथा खेलाडीको व्यावसायिकतालाई सहयोग पुर्याउने उद्देश्यले नेपालको ए डिभिजन फुटबलको विभागीय टिम नेपाल पुलिस क्लबलाई विसं २०६८ देखि नियमितरुपमा प्रयोजन गर्दै आइरहेको ।

त्यसैगरी भूकम्प प्रभावित तथा अन्य दुर्गम १७ जिल्लामा आइसिटी सेन्टर स्थापना गरेको छ । टेलिकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण को सहकार्य र सहमतिमा दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी सञ्चालन गर्ने र पूर्वाधारको प्रयोगमार्फत लागत कम गराई सेवालाई सस्तो बनाउने भएको छ ।

सुशील दर्नाल/रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top