प्रधानमन्त्री ओली भगवान् रामलाई नागरिकता दिन लाग्नुभएको छ: गगन थापा

२५ माघ ७७, आइतबार
Share this
742shares

२५ माघ, काठमाडौं ।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लागिपरेको बताएका छन्। नेपालभित्र रहेका नागरिकहरू नागरिकता पाउनबाट बञ्चित भएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

वीरगञ्जमा आइतबार आयोजित कांग्रेसको आमसभामा बोलेका थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लाग्नु भएको छ। भगवान् रामलाई नागरिकता आवश्यकता छैन। नेपालभित्र रहेका नागरिकहरूलाई नागरिकता चाहिएको छ, उनीहरूलाई नागरिकताबाट बञ्चित गर्न हुन्न।’

थापाले ओलीका प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न जरुरी रहेको बताए । उनले ओली धार्मिक आस्थासँग खेलेको पनि बताए । दुई वर्षअगाडि सांसारबाट लखेटिएकी एक महिलालाई स्वागत गर्न देश नै ठप्प पारेको भन्दै उनले भने, ‘होलीवाइनको त्यत्रो काण्ड रच्दै गर्दा कहिल्यै पशुपति सम्झिनुभएन । अहिले रुद्राक्षको गह्रौं माला लगाएर पशुपतिको चौराहमा घुम्दै हिन्दु धर्म मान्ने तपाईं हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ ।’

Advertisement

कुनै बेला प्रधानमन्त्रीले देशभक्तिको भावनासँग खेलेको भन्दै थापाले भने, ‘त्यो धार भुत्ते भएपछि तपाई हाम्रो भगवानप्रतिको आस्थामाथि खेल्ने कोशिस गर्दै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै उनले अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top