×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026

एकीकृत राज्यलाई मेलमिलाप र एकताबाट बचाउन परेको छ : प्रधानमन्त्री ओली

२६ माघ २०७७

२६ माघ, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोेजित एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठी समापनका अवसरमा उनले मुलुकको मौलिक पहिचान विविधतामा एकता कामय गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने, “एकीकरण एक दिनको मात्र काम होइन, यो अनवरत काम हो, हिजो एकीकरण लडाइँबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाइँबाट बचाउनुपरेको थियो, आज एकीकृत राज्यलाई नेपालीको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ ।”

पहिचानका नाममा कतिपयबाट राजनीतिलाई अनुचित ढङ्गले उछाल्ने र भड्काउने काम भइरहेको बताउँदै उनले राष्ट्रनिर्माण र बचेको इतिहास स्वाभिमान बुझेर वीरपुर्खाको कदर गरिनुपर्छ भने ।

पहिचान, इतिहास, परम्परा र बहादुर पुर्खाले लडेर बचाएको नेपालको नक्साले गौरवपूर्ण इतिहास बोकेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “नेपालको एकीकरणको अभियानमा योगदान पुर्याउने पुर्खाको वीरगाथालाई सम्मान छ, सलाम भन्न चाहन्छु । हाम्रा पूर्वजको योगदान र बलिदान आउँदो पुस्ताले नबिर्सियोस् ।”

राष्ट्र बचाउने गढी र किल्लामा भएको बलिदान, बगेको रगत र भोगेको कष्टबाट आज हामीले नेपाल देश र नेपाली भन्न पाएको उल्लेख गर्दै उनले इतिहासको तथ्यपरक खोज अनुसन्धानलाई स्थापित गराउँदै आउँदो पुस्ताले त्यो कुरा नबिर्सियोस् भन्नाका लागि गौरवपूर्ण इतिहास बोकेका महान् पुर्खाको यथोचित सम्मान गर्नुपर्ने बताए ।

सो अवसरमा महासेनानी प्रकाशबहादुर चन्दले नेपालको गौरवमय इतिहासको जगेर्ना गर्ने कार्यमा राष्ट्रियरूपमा उपलब्ध स्रोत, साधन र सोचको अधिकतम प्रयोग गर्दै एकीकरण मार्ग कार्यक्रमसँग सम्बद्ध सबै पक्षको बुझाइमा एकरूपता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

स्थानीय स्तरसम्म सबैको हितमा हुने गरी सामूहिकरूपमा दीर्घकालसम्म उपयोगी कार्यक्रम निर्धारण गर्ने हेतुले सेनाले एकीकरण मार्ग कार्यक्रम गरेको जानकारी दिएको छ । सरकारले एकीकरण मार्गसम्बन्धी कार्यक्रमलाई दुई वर्षदेखि नीति तथा कार्यक्रममा समेटेको छ ।

नेपालको एकीकरणका समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र अरू अभियानकर्मीले प्रयोग गरेको मार्गलाई पर्यटन पदमार्गका रूपमा विकास गर्ने अवधारणाअनुरूप अहिले मुलुकका १६ स्थानमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सेनाले एकीकरणको इतिहासको संरक्षण गर्ने तथा भावी पुस्तालाई जानकारी दिलाउन ऐतिहासिक दस्तावेजको खोज अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

पछिल्लो समय उक्त पदमार्ग संरक्षणमा उत्साहजनक सहभागिता जुटेको, आम नागरिकमा अपनत्व बढेको तथा एकीकृत कार्यक्रमसहित अघि बढ्न सुझाव प्राप्त भएको बताइएको छ ।

पछिल्ला वर्षमा सेनाले गोरखादेखि काठमाडौंसम्म उक्त पदमार्गको १९६.८ किलोमिटरमा वार्षिकरूपमा एकीकरण पदयात्रा सञ्चालन गर्दै आएको छ । नेपालको एकीकरणसँग जोडिएका मुलुकमा १३२ वटा गढी तथा किल्ला रहेका छन् ।

सेनाले उक्त मार्गको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा समेत सहयोग पुगोस् भन्ने हेतुले इतिहास र संस्कृतिविद्, उच्च सैनिक अधिकृत, प्राध्यापक र पत्रकारसमेतको सहभागितामा तीन दिन गोष्ठी आयोजना गरेको हो ।रासस

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top