अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

९ असार ८३, बुधबार

१० असार, काठमाण्डौ।

फुटबलको कुम्भमेला, फिफा विश्वकप २०२६ अहिले एउटा यस्तो मोडमा पुगेको छ, जहाँ हरेक सेकेन्डले इतिहास लेखिरहेको छ । ४८ टोलीको सहभागितामा भइरहेको यो ऐतिहासिक विश्वकपमा समूह चरणको दोस्रो राउन्डका खेलहरू सकिएका छन् ।

केही टोलीले नकआउट अर्थात् ‘राउन्ड अफ ३२’ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने केही हेभिवेट टोलीहरू अझै पनि ’गर या मर’ को अवस्थामा छन् । साविक विजेता अर्जेन्टिनाको दबदबादेखि आयोजक राष्ट्रहरूको घरेलु मैदानमा सानदार प्रदर्शनसम्म—आज हामी कुरा गर्नेछौँ कि अहिलेसम्म कुन–कुन टोलीले अन्तिम ३२ मा स्थान बनाए? कुन टोली बाहिरिए?

Advertisement

र आज साझँदेखि सुरु हुने तेस्रो चरण किन ऐतिहासिक र महासंग्राम बन्दैछ? सुरु गरौँ ती टोलीहरूबाट, जसले सुरुवाती दुई खेलबाटै स्पष्ट ६ अंक जोड्दै एक खेल अगावै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । यसपटक घरेलु मैदानको भरपुर फाइदा उठाउँदै दुई आयोजक राष्ट्रले धमाका मच्चाएका छन् ।

घरेलु मैदानमा लगातार दोस्रो जित निकाल्दै मेक्सिकोले समूह ’ए’ बाट अन्तिम ३२ को टिकट काट्यो । संयुक्त राज्य अमेरिका युएसएले पनि आफ्नो घरेलु दर्शकलाई निराश पारेन । समूह ‘डी’ मा दबदबा कायम राख्दै अमेरिका नकआउटमा पुगिसकेको छ ।

Advertisement

लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले च्याम्पियनकै जस्तो प्रदर्शन गर्दै समूह ‘जे’ को दुवै खेल जित्यो र अपराजित रहँदै अघिल्लो चरण प्रवेश गर्यो । यता, चार पटकको विश्व विजेता तथा सर्वाधिक फाइनल खेलेको समूह ‘इ’ का जर्मनीले पनि आफ्नो क्लास देखाउँदै अन्तिम खेल अगावै आफूलाई सुरक्षित गरेको छ ।

समूह ‘आई’मा त अचम्मै भयो! साविक फाइनलिस्ट फ्रान्स र लामो समयपछि विश्वकपमा फर्किएको नर्वे– दुवैले लगातार २ खेल जितेर नकआउट यात्रा तय गरे । अब यी दुईबीचको अन्तिम खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ । यसकासाथै, दोस्रो चरणबाट नकआउट पुग्ने अन्तिम टोली बन्यो कोलम्बिया ।

बुधबार बिहान सम्पन्न समूह ’के’ को निकै प्रतिस्पर्धात्मक खेलमा कंगोलाई १–० ले हराउँदै कोलम्बियाले अन्तिम ३२ मा ठाउँ बनायो । दर्शकवृन्द, यो पटकको विश्वकप पहिलेको भन्दा फरक र ठूलो छ । ४८ टोली सहभागी भएकाले फिफाले १२ वटा समूहमा ४–४ टोलीलाई विभाजन गरेको छ ।

अब नियम बुझौँ– हरेक समूहका शीर्ष २ टोली सिधै नकआउटमा जानेछन् । बाँकी ८ टोली कसरी छानिनेछन् त? यहाँ निर खेल रोचक छ । १२ वटा समूहमा तेस्रो स्थानमा रहने टोलीहरूमध्ये ‘उत्कृष्ट ८ टोली’ प्रदर्शन र गोल अन्तरका आधारमा नकआउटमा पुग्नेछन् । त्यसैले त, अब हुने तेस्रो चरणका खेलहरूमा हरेक गोल र हरेक अंकको महत्त्व सुन बराबर हुनेछ ।

अब कुरा गरौँ ती १५ टोलीहरूको, जो नकआउटको निकै नजिक छन् तर प्राविधिक रूपमा ढुक्क हुन सकेका छैनन् । सबैभन्दा रोचक समूह ‘एच’ ! जहाँ स्पेन ४ अंकसहित शीर्षमा छ, तर उरुग्वे र केप भर्डेको समान २ अंक छ । अन्तिम खेलमा स्पेन र उरुग्वे भिड्दैछन् भने केप भर्डे र साउदी अरब ।

यदि केप भर्डे र उरुग्वेले आ–आफ्नो खेल जिते भने भूतपूर्व विजेता स्पेन उत्कृष्ट तेस्रो बन्ने जोखिममा पर्न सक्छ । त्यस्तै समूह ‘जे’ मा अर्जेन्टिनासँगै अस्ट्रिया (३ अंक) र अल्जेरिया (२ अंक) को दाबेदारी छ । समूह ‘के’ मा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल ४ अंकसहित लगभग सुरक्षित छ तर समूह विजेता बन्न उसले अब कोलम्बियाको सामना गर्नुपर्नेछ ।

१ अंक भएको कंगो पनि उज्बेकिस्तानलाई हराएर अप्रत्याशित रूपमा उत्कृष्ट तेस्रो बन्दै नकआउट छिर्ने दाउमा छ। र समूह ‘एल’ को कथा त अझ बेग्लै छ । इङ्गल्याण्ड र घानाको समान ४–४ अंक छ भने क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ । यहाँबाट तीनवटै टोलीको नकआउट सम्भावना प्रवल छ, त्यसैले यहाँ महायुद्ध निश्चित छ ।

यो विश्वकपमा अहिलेसम्मको ट्रेन्ड हेर्दा साना भनिएका टोलीहरूले ठूला टोलीलाई निकै सताएका छन् । कोलम्बिया र नर्वेको छनोटले फुटबलमा अब नामले मात्र नभई मैदानको प्रदर्शनले मात्र अर्थ राख्छ भन्ने प्रमाणित गरेको छ । विशेष गरी उत्कृष्ट तेस्रो हुने ८ टोलीको प्रावधानले गर्दा अन्तिम खेलमा गोलको वर्षा हुन सक्छ ।

किनभने अंक बराबरी भएको खण्डमा गोल अन्तर नै भाग्य फैसला गर्ने कडी बन्नेछ । अर्जेन्टिना र फ्रान्स जस्ता टोलीले आफ्नो लय समातेका छन्, तर नकआउट चरणमा एउटा सानो गल्तीले पनि घर फर्किनुपर्ने हुन्छ । जहाँ जितको खुसी हुन्छ, त्यहाँ हारको आँसु पनि हुन्छ । दुई खेलको खराब प्रदर्शनपछि ५ वटा टोलीको विश्वकप यात्रा औपचारिक रूपमा समाप्त भइसकेको छ ।

अब उनीहरूका लागि अन्तिम खेल केवल प्रतिष्ठाको लडाईं मात्र हुनेछ । समूह ‘सी’ बाट हाइटी, समूह ‘डी’ बाट टर्की, समूह ‘आई’ बाट इराक, समूह ‘जे’ बाट जोर्डन, समूह ‘एफ’ बाट ट्युनिसिया र समूह एलबाट पानामा । यी टोलीहरू आगामी चरणको गणितीय दौडबाट पनि पूर्ण रूपमा बाहिरिइसकेका छन् । अब कुरा गरौँ फिफाको एउटा विशेष नियमको ।

खेलमा हुन सक्ने सम्भावित मिलेमतो, दाउपेच वा फिक्सिङ रोक्नका लागि फिफाको नियम अनुसार एउटै समूहका अन्तिम दुई खेलहरू एकै समयमा खेलाइनेछ।  यसले गर्दा मैदानमा रोमान्च र दबाब दोब्बर हुनेछ, किनभने खेलाडीहरूलाई अर्को खेलमा के भइरहेको छ भन्ने थाहा पाउन गाह्रो हुनेछ ।

तेस्रो स्थानमा रहने टोलीहरूका लागि गोल अन्तर निर्णायक बन्ने हुँदा अबका खेलहरू डिफेन्सिभ होइन, एग्रेसिभ र गोलको वर्षा हुने खेल हुनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

सम्बन्धित समाचार

Scroll to Top