१० असार, काठमाण्डौ।
‘ह्याप्पी बर्थ डे मेस्सी’ शुभकामनाका यी चार शब्द अहिले सम्भवत विश्वभर गुन्जिरहेका छन् र यो बिहीबार रात भर पनि गुञ्जिरहने छ । विश्वकप फुटबलको २३ औ संस्करण उत्तर अेमेरिकी मुलुकमा जारी छ । दक्षिण अमेरिकी यी खेलाडी लियानेल मेस्सी अहिले उत्तर अमेरिकी मैदानमा निरन्तर चमत्कार देखाउँदै आएका छन् ।
तर शुभकामना धुनहरु र गीतहरु यी दुई अमेरिकी भूगोलमा मात्र गुन्जिरहेका छैनन् । लियोनल मेस्सीको जादुसँग लठ्ठिएका विश्वका हरेक महाद्धिपका अर्बौ फुटबलप्रेमीहरु उनलाई शुभकामना दिन लालायित छन् । उनले फुटबलमा नै विताएका महत्वपूर्ण ३८ बर्षको यात्रालाई सुखद बनाएर बिहीबार २४ जुनदेखि उनी ३९ औं वसन्तमा प्रवेश गरेका छन् ।
वास्तवमा मेस्सीको यात्रामा दुःखका बाटो र पाटो पनि छन नै । तर यही जीवनको ३८ बर्षे यात्रामा उनले कोरेको इतिहासले उनलाई संसारकै महानायक बनाएको छ । २४ जुन १९८७ मा अर्जेन्टिनाको रोसारियो, सान्टा फे प्रान्तमा जन्म । जो जोर्ज मेस्सीका चार सन्तानमध्ये तेस्रो थिए, जो भिल्ला कन्सिट्युशनस्थित एसीन्डार प्रेस्ड स्टिल निर्माता कम्पनीमा विभाग प्रमुख थिए, र उनकी पत्नी सेलिया कुचिटिनी, जो एक म्याग्नेट उत्पादन कार्यशालामा काम गर्थिन।
यिनैको छत्रछायाँमा हुर्किएका मेस्सी अहिले समग्र अर्र्जेन्टिना छोरा बनेका छन् भने फुटबलका लागि विश्वको असल सन्तान । फुटबल मनपराउने साँघुरो परिवारमा हुर्किँदै, ’लियो’ ले सानै उमेरदेखि खेलप्रति उत्साह विकास गरे, आफ्ना दाजुभाइ रोड्रिगो र मातियास, र त्यतिबेला व्यवसायिक फुटबल खेलिरहेका उनका काकाहरुसँग निरन्तर खेल्दै ।
चार वर्षको उमेरमा, मेस्सीले स्थानीय फुटबल क्लब अबान्देराडो ग्रान्डोलीमा प्रवेश गरे जहाँ उनको पिता उनलाई प्रशिक्षण दिन्थे । उनको आमातर्फकी हजुरआमा सेजियाले उनलाई प्रशिक्षण र खेलहरूमा सँगै लाने गरेकी थिइन । उनको एघारौं जन्मदिनभन्दा केही समय अघिनै हजुर आमा सेजियाको निधनले मेस्सीलाई धेरै प्रभावित गर्यो।
त्यसपछि, एक भक्त क्याथोलिकको रूपमा, उनी आफ्नो गोल मनाउँदा आकाशतिर हेरी आफ्नी हजुरआमाको सम्मानमा औंला इशारा गरेर प्रदर्शन गर्थे, जुन अहिलेसम्म गर्दै आएका छन् । जब उनीमाथि १३ बर्षको उमेरमा बार्सिलोनाको आँखा पर्यो । यसपछि मेस्सीले फुटबल जीवनमा कहिल्यै पछि फर्केर हेर्नु परेन ।
जो अहिले विश्वकपमा चम्किलो प्रदर्शन गरिरहेका छन् र सबैको ध्यान आफनो वरिपरि केन्द्रित गर्न सफल भएका छन् । उनले अर्जेन्टिनाका टीमका साथीहरुलाई निरन्तर अचम्मित गराइरहेका छन् भने कप्तानको पछिल्लो विश्वकप मास्टरक्लास पछि टोलीका सबै सदस्य ’भावुक’ बनेका छन् ।
अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले अष्ट्रियाविरुद्ध गरेको दुई गोलले उनलाई विश्वकपको सर्वाधिक १६ गोलको कीर्तिमान तोड्न सक्षम बनायो । मेसीले फेरि एउटा ऐतिहासिक प्रदर्शन गरे । जब अर्जेन्टिनाले टेक्सासमा आफ्नो समूह जेको खेलमा अस्ट्रियालाई २–० ले हरायो। जसमा दुबै गोल उनको थियो र जसले विश्वकप फुटबलमा उनको गोल संख्या १८ पु¥यायो ।
जसले जर्मनीका मिरोस्लाव क्लोजले राखेको १६ गोलको पुरानो रेकर्ड तोड्यो। जोर्डनसँगको एक खेल अगावै नकआउट चरणमा यात्रा सुरक्षित गरिसकेको अर्जेन्टिनाका लागि समूहको उद्घाटन खेलमा अल्जेरियाविरुद्ध गरेको सबै तीन गोल पनि मेस्सीकै नाममा रहेको थियो ।
टीमका साथी एवं अर्जेन्टिनाका मध्यपंक्तिका खेलाडी म्याक एलिष्टरले आफ्ना् प्रेरक कप्तानको प्रशंसा गर्दै भन्छन् – “उनी संसारकै सर्वश्रेष्ठ खेलाडी हुन्,“ “हामी सबैलाई थाहा छ कि सबैले लियोको लागि आफ्नो सबै दिन्छन्। हामीले उनीसँगै पहिले नै प्रतियोगिताहरू जितिसक्यौं, र उनी खुशी रहनु महत्वपूर्ण छ। उनी जसरी गर्छन्, त्यसरी नै गर्छन्, र हामी त्यसको लागि धेरै आभारी छौं।“
अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी मेस्सीले विश्वकपमा अर्जेन्टिनालाई नेतृत्व जारी राख्ने बताउछन् । अष्ट्रियाविरुद्धको जितले अर्जेन्टिनाको २०२६ विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरायो, र उनीहरू अहिले दुई खेलबाट पूर्ण छ अंकसहित समूह जे मा शीर्ष स्थानमा छन् ।
जोर्डनसँगको अन्तिम समूह खेलमा नतिजाले लियोनेल स्कालोनीको टोलीको नकआउट चरणको प्रगतिलाई प्रभावित गर्ने छैन, तर अर्जेन्टिना समूह चरणलाई पूर्ण रेकर्डसहित समाप्त गर्न खोज्नेछ, र मेसीले फेरि आफ्नो गुणस्तर देखाउने आशा छ, जहाँ उनीहरू विश्वकप उपाधि रक्षा गर्ने प्रयास गर्दैछन् ।
बिहीबार ३९ औं वसन्तमा टेकेका मेस्सीको प्रदर्शनबाट मख्ख पर्ने उनका टोलीका सदस्यहरु २०३० को विश्वकपमा पनि मेस्सीले नै अर्जेन्टिनाको नेतृत्व गर्ने ठोकुवा गर्न थालेका छन् । जतिखेर उनी ४२ बर्षको हुनेछन् । सर्वकालीन महान खेलाडीको सूचीमा छन यिनै लियोनल मेस्सी ।
जसले उत्तर अमेरिकी भूमिमा आफ्नो ३९ औं जन्मदिनको यात्रालाई यादगार बनाउने प्रयासमा समर्पित छन् । उनले यसपटक विश्वकपमा छैटौं पटक सहभागी बन्दै गर्दा अल्जेरियाविरुद्धको खेलमा ६१औं ह्याट्रिक पूरा गरे । त्यो अर्जेन्टिनी टोली, जसले फ्रान्समाथि शानदार पेनेल्टी सुटआउटको सहयोगमा ४ बर्ष अघि कतार यात्रालाई सुखद बनाएको थियो ।
त्यही इतिहास दोहोर्याउन चाहने मेस्सीले अमेरिकामा फरक अध्याय आरम्भ गरिसकेका छन् । यसपटक पनि विश्वकपको उपाधि सुरक्षित गदै मेस्सी राष्ट्र र अर्जेन्टिनावासीलाई ३९ औं बर्षमा फेरि अर्को गर्विलो उपहार दिन उत्सुक छन् ।




