२७ माघ, विराटनगर । मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मोरङको बेलवारी नगरपालिका-१ मा सोमवार दिउँसो को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
स्कुटर चालक बेलवारी-४ का २७ बर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी झापाको गौरिगञ्ज गाउँपालिका-९ मा को १३ प २०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक गौरादह नगरपालिका-९ का ३९ बर्षीय पुरुषोत्तम फुँयालको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।