×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले दिए राजीनामा

२७ माघ, काठमाडौँ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् ।

उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । एक वर्ष अघि बैंकमा निकै ठूलो बिवाद सिर्जना भएको थियो । बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । राष्ट्र बैंकमा भएको छलफल पछि मत्थर देखिएको बिवाद भित्रभित्रै भने रहिरहेको थियो ।

Advertisement
Advertisement

यस्तै अवस्थामा सीईओ शर्माले राजीनामा बुझाएका हुन् । सीईओ शर्मा ४ वर्षका लागि नियुक्त भएका थिए । २ वर्ष कार्यकाल अझै बाँकी रहेका कारण उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् ।

यहाँ रोचक कुरा त तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको राजदूत नियुक्त भएर अमेरिका प्रस्थान गरेको भोलि पल्टै सीईओ शर्माले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा सनराइज बैंकमै कार्यरत रहेका छन् ।

Advertisement

सीईओ शर्माले नै उनलाई सनराइज बैंक लगेका थिए । खतिवडा अमेरिका प्रस्थान गर्नु र सीईओ शर्माले राजीनामा दिनु एक दिन अघिपछिमात्रै भएकाले यसलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top