२७ माघ, काठमाडौँ ।
सरकारले माघ ३० गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ तथा शेर्पा समुदायले मनाउने पर्व ग्याल्पो र सोनाम ल्होसारको उपलक्ष्यमा माघ ३० गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०७७ माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गरी सार्वजनिक विदा हुने जानकारी दिएको छ ।
