×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

नेकपालाई दर्ता प्रमाणपत्र प्रदान

२४ जेष्ठ २०७५

काठमाडौँ, जेठ २४

निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र आज पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ ।

Advertisement
Advertisement

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गरेका हुन् ।

पार्टी दर्ता भएको प्रमाणपत्र लिएपछि पार्टी नेता सुवास नेम्वाङले जनताबीच गरिएको प्रतिबद्धताअनुसार दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा दर्ता गरेको र त्यसको प्रमाणपत्र लिएको जानकारी दिए ।

पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताका बारेमा सोधिएको प्रश्नमा नेता नेम्वाङले भने, “महाधिवेशनपछि कानूनी प्रक्रियाअनुसार ३३ प्रतिशत सहभागित हुन्छ ।”

तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएपछि बुधबार आयोगले दर्ता किताबको क्रम संख्या १४५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रमाणपत्र बुझ्नका लागि पार्टी महासचिव पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायत आयोगमा उपस्थित थिए ।

दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । एकता भएकै दिन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न प्रक्रिया शुरु गरेको थियो ।

Advertisement
Advertisement

रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top