सर्वोच्च अदालतले जनभावना हेरेर फैसला गरोस्ः प्रचण्ड

२८ माघ, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।

बुधबार नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले जनताको आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख जनता आउने बताएका हुन् । विरोध सभामा पाँच लाख मानिसहरु सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ हेरेर ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गरे । उनले संविधानको मर्म, भावना र नेपाली जनताको चाहाना विपरितका काम भए दुर्भाग्य हुने समेत बताए । बिरोध सभाको उपस्थितिले सर्वोच्च अदालतलाई फैसला गर्न सहज हुने उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताएका छन् । ७० प्रतिशत केन्द्रीय समिति आफ्नो पक्षमा हुँदा आफुहरु आधिकारिक पार्टी भनि दश दिनभित्रै निर्वाचन आयोगमा भनेको उल्लेख गर्दै उनले त्यसलाई हिसाब नगरी केपी ओलीको धम्क्याईलाइ मात्रै हिसाब गरे अयोगको खुट्टी नेपालले देख्ने उनको भनाई छ । संवैधानिक निकायमा पुगेका मान्छेहरुले खेलाची ठाने देश र जनताले दुःख पाउने भन्दै अध्यक्ष प्रचण्डले त्यस्तो गल्ती कसैले गर्नु नहुने बताए । उनले निर्वाचन आयोगलाई खुट्टा नकमाउन आग्रह समेत गरे ।

अध्यक्ष प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरु फर्किन थालेको समेत बताए । ओली सरकारका दुईजना मन्त्रि प्रचण्ड–माधव पक्षमा फर्किनका लागि आफुसँग वार्ता गरिरहेको उनले दाबी गरे। प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा राम मन्दिर बनाउने बताएको बताउँदै उनले उक्त भुमि रामभुमी भएको ऐतिहासिक र पुरातात्विक रुपमा प्रमाणित गर्न अनुसन्धान गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले आफुसँग पचासौँ वर्ष सँगै काम गर्ने नेता कार्यकताहरुलाई अपमान गरेर गल्ती गरेको बताए। उनले प्रधानमन्त्री ओलीलाई राजिनामा दिन सुझाव पनि दिएका छन् । ओलीले भुमी आयोग बनाएर किसानमा भ्रम छरेको टिप्पणी समेत गरे। ओलीले नभई सुकुम्बासीहरुलाई आफुहरुले जमिन दिने उनको भनाई छ ।

उनले ओलीको निरंकुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । संयुक्त आन्दोलन गर्ने अवसरका आएको भन्दै अवसर गुम्न नदिन उनको आग्रह छ । त्यसनिम्ति हातेमालो गर्न तयार रहेको उनको भनाई छ । उनले छिमेकी देशहरुबाट आफुहरुको पक्षमा सद्भाव चाहेको पनि बताए ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top