×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

आयोगमा सरकारको हस्तक्षेप हुन्न : प्रधानमन्त्री ओली

२९ माघ २०७७

२९ माघ, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनु रहेकाले सरकारले उक्त कार्यमा सहयोग गर्ने उनले बताए ।

Advertisement
Advertisement

“कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम छ, त्यो होइन र हुँदैन ”, प्रधानमन्त्री ओलीले भने । संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्न सुझाव दिँदै उनले भ्रष्टाचारी जोसुकै भए पनि दण्डित गर्न आग्रह गरे । सरकारले अख्तियारको कामका कुनै अवरोध नगर्ने उनले प्रष्ट पारे । अख्तियार स्वतन्त्र रहेको र उसको काममा सरकारले हस्तक्षेप नगर्ने उनले उल्लेख गरे । भ्रष्टाचार नगर्नेलाई पनि हिलो छ्याप्नैपर्ने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

अख्तियारको काम सन्तोषजनक रहेको भन्दै उनले सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको प्रष्ट पारे । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ भन्ने कुराको पुष्टि व्यवहारबाटै प्रष्ट हुने बताए । भ्रष्टाचारसम्बन्धी समाचार लेख्दा सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।

“सञ्चारमाध्यम यथार्थ कुरा सूचित गर्न सक्रिय रहनुपर्छ”, प्रधानमन्त्री ओलीले सुझाव दिए, “भ्रष्टबाहेक यो देशमा जन्मिदैनन् भन्ने पार्न खोजिँदै छ, यो ठीक होइन ।”

भ्रष्टाचार निवारणका लागि स्पष्ट कानूनी व्यवस्था आवश्यक भएको उनको भनाइ थियो । “ संवैधानिक निकाय उत्तरदायित्व बोकेको गम्भीर संस्था हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “कानूनको नजरमा सबै बराबर हुन् भन्ने ढङ्गले काम गर्नुपर्छ ।” ्

निर्दोषलाई कुनै पनि हालतमा दोषी बनाउन नहुने भन्दै उहाँले हचुवा तालले मुद्दा दायर नगर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले आयोगको कामप्रति आफू सन्तुष्ट रहेको उल्लेख गरे ।

“भ्रष्टाचार सबैको साझा शत्रु हो भन्ने कुरा व्यवहारमा उतार्नु जरुरी छ”, प्रधानमन्त्री ओलीले भने । हरेक व्यक्तिले आफूलाई भ्रष्टाचारबाट मुक्त पार्न जरुरी रहेको भन्दै उनले भ्रष्टाचार गर्ने अवसर कसैले पनि पाउन नहुने बताए । “भ्रष्टलाई सजाय दिनैपर्छ । यसमा सबैले सहयोग गरौँ”, उनले भने । सरकारले पछिल्लो समय भ्रष्टाचार निवारणका लागि नागरिक एप्स ल्याएको उहाँको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण सबैको साझा मुद्दा भएकाले धाक लगाउने र तर्साउनेदेखि नडराउन आयोगलाई सुझाव दिए । उनले आयोगका पदाधिकारीलाई निडर भएर काम गर्न आग्रह गरे । “भ्रष्ट्रचार नियन्त्रणका लागि सिङ्गो समाजको साथ आवश्यक छ”, उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक क्षेत्रमा हुने अनियमितता, घुसखोरी र बिचौलिया धन्दा रोक्न सुक्ष्म निगरानी बढाइने बताए । अनियमितता गर्नेलाई कारवाहीको दायरामा लैजान आयोग सक्रिय हुने विश्वास दिलाउँदै उनले भने, “जनताले पाउनुपर्ने स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा, कृषि अनुदान र मलखाद, नागरिकता तथा राहदानी, विभिन्न प्रकारका सिफारिस, सवारी चालक अनुमतिपत्र, मालपोत तथा जग्गा रजिस्ट्रेसन, श्रम स्वीकृतिलगायत क्षेत्रमा हुने घुसखोरी, बिचौलिया धन्दा रोक्न सुक्ष्म निगरानी बढाउँछौँ । गलत कार्य एवं अनियमिततालाई कारवाहीको दायरामा लैजाने विषय आयोगको उच्च प्राथमिकतामा रहन्छ ।”

कार्यक्रममा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, विभिन्न सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिवहरु, अन्य विशिष्टि कर्मचारी, सुरक्षा अधिकृतलगायतको उपस्थिति थियो ।

सो अवसरमा भ्रष्टाचार नियन्त्रणका लागि उत्कृष्ट काम गर्ने विभिन्न कर्मचारी तथा सुरक्षाकर्मीलाई राष्ट्रपति भण्डारीले नगद र ताम्रपत्रसहित सम्मान गरेकी थिइन् । सम्मानित हुनेमा उत्कृष्ट अनुसन्धानकर्तातर्फ सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने र प्रहरी निरीक्षक राजु अधिकारी छन् । उनीहरू दुवैलाई जनही रु २५ हजार तथा ताम्रपत्रसहित सम्मान गरिएको थियो । यस्तै सम्मानित हुनेहरूमा उत्कृष्ट कर्मचारीतर्फ सहसचिवद्वय नारायणप्रसाद सापकोटा र शिवकुमार कार्की, उपसचिवतर्फ नारायणप्रसाद दाहाल र धर्मअवतार कोइराला, सिनियर डिभिजनल इञ्जिनीयर महेशप्रसाद यादव, उपसचिव मेघनाथ रिजाल र शिवराज रेग्मी, प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, प्रहरी नायब उपरीक्षकद्वय मोहनकुमार थापा र केशव भट्टराई, शाखा अधिकृत कृष्णबहादुर दाहाल, इञ्जिनीयर ज्योति तामाङ, नापी अधिकृत प्रशान्त घिमिरे, शाखा अधिकृतद्वय कुलचन्द्र पराजुली र सुरेशचन्द्र अधिकारी, इञ्जिनीयर रजल श्रेष्ठ, शाखा अधिकृत रामकृष्ण पाठक तथा कम्प्युटर अपरेटर कुमारी लामा छन् ।

Advertisement

यस्तै सोही समारोहमा निबन्ध लेखनतर्फ प्रथम, द्वितिय र तृतीय हुनेहरूलाई प्रधानमन्त्री ओलीले नगद तथा सम्मानपत्र प्रदान गरे । निबन्ध लेखनतर्फ कञ्चनपुरकी नम्रता पौडेल प्रथम, काठमाडौँकी पूजा सुवेदी द्वितिय तथा भक्तपुरका लक्ष्मण दुलाल र दाङका सुदीप रिजाल तृतीय भएका थिए ।रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top