आयोगमाथि दबाब बढ्दै

२८ माघ ७७, बिहीबार

काठमाडौं : राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफँ नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै नेकपाको आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । यस अवस्थामा दुवै पक्षले आफँहरु नै नेकपाको आधिकारिक रहेको जिकिर गर्दै आयोगलाई प्रत्यक्ष र परोक्षरुपमा दबाब बढाउँदै लगेका हुन् ।

नेकपाका प्रचण्ड र नेपाल पक्षले आयोगमा पुगेर आफ्नो पक्ष नैै आधिकारिक रहेको बताउँदै आएको छ । माघ २० गते आफ्नो पक्ष नै आधिकारिक रहेको जिकिर गर्दै नेकपाका प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेको थियो । उहाँहरुले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफँहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न आग्रह गर्दै आउनुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली पनि मंगलबार आयोग पुगेर मनौवैज्ञानिक दबाब दिन शुरु गर्नुभएको छ । प्रधानमन्त्री ओलीले त पार्टी दुइटा पक्षमा विभाजित भएको कुरालाई अस्वीकार गर्दै २०७५ साल जेठ ३ गते एकीकृत भएको पार्टीको अध्यक्ष आफँ रहेको र पार्टीमा कुनै परिवर्तन नआएको आयुक्तसँग दाबी गर्नुभयो ।

Advertisement

पार्टी अध्यक्षको निर्देशनमा महासचिवले मात्र बैठक बोलाउन सक्ने भएकाले अरू कसैले गरेको बैठक र त्यसले गरेको निर्णयको कुनै अर्थ नरहेको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक आयुक्तले बताए ।सैबीच बुधबार राजधानीमा आयोजित प्रचण्ड र माधव पक्षको सभामा प्रधानमन्त्री ओली आयोग पुग्नुभएको घटनालाई लिएर आयोगलाई धम्क्याएको आरोप लगाइएको छ । सो अवसरमा नेकपा प्रचण्ड पक्षका अध्यक्ष माधवकुमार नेपालले पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उहाँले त्यसमा पनि शंका छ भने ४ सय ४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुने बताउनुभयो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top