अमेरिकाले म्यानमारमाथि प्रतिबन्ध लगायो, सैन्य नेतृत्वले सत्ता नछाडे कारबाही गर्ने चेतावनी

२९ माघ, काठमाडौं ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । उनले म्यानमारको सैनिक कूको विरोध गर्दै सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए ।

बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको व्यापार र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउने बाइडनले बताए ।

Advertisement

अमेरिकाले म्यानमारविरुद्ध निर्यात नियन्त्रण लागु गर्ने र आवश्यक परेमा थप प्रतिबन्ध पनि लागु हुने राष्ट्रपति बाइडनले बताए। राष्ट्रपति बाइडनले म्यानमारले अमेरिकामा राखेको एक अर्ब डलरको कोष फ्रिज गरिदिने पनि बताए । उनले हिरासतमा लिइएका सबैलाई रिहा गर्न र सत्ता पनि फिर्ता गर्न म्यानमारको सेनालाई भनेका छन् ।

म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top