प्रमाणपत्र धितो राखेर कर्जा दिन हच्किन्छन् बैंकहरू

२८ माघ ७७, बिहीबार

काठमाडौं : कोभिड महामारीका बीच सरकारले गत असोजमा युवा स्वरोजगारलाई प्रोत्साहन गर्न ५ प्रतिशत ब्याज अनुदानमा ल्याएको सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले अझै कर्जा प्रवाह गरेका छैनन् ।

मन्त्रिपरिषद्ले गत असोज ८ गते ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि, २०७५’को तेस्रो संशोधन, गर्दै युवा स्वरोजगार कर्जा थपेको थियो । यसैअनुसार नेपाल राष्ट्र बैंकले पनि गत असोज २७ गते कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो । करीब ३ महीना अवधि बितिसक्दा पनि एउटै कर्जा प्रवाह भने भएको छैन ।

कार्यविधिमा १२ कक्षा पास वा माध्यमिक शिक्षा वा सोसरह उत्तीर्ण युवावर्गले तोकिएको उद्यमका लागि ५ प्रतिशत ब्याज अनुदानमा रू. ५ लाखसम्मको युवा वर्ग स्वरोजगार कर्जा लिन पाउने व्यवस्था छ । यस्तो खालको कर्जाको माग नआएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको भनाइ छ ।

Advertisement

उनका अनुसार युवाहरू देशभित्र भन्दा पनि देशबाहिर जाने क्रम बढेकाले पनि यसको माग नआएको हुनसक्छ । ‘यद्यपि यो कार्यक्रम लागू भएको भर्खर ३ महीना भएकाले पनि प्रवाह नभएको देखिनसक्छ । साथै कोभिडका कारणले कुनै पनि नयाँ व्यवसाय शुरू गर्ने अवस्था पनि थिएन । उद्यमका लागि राम्रो परियोजना प्रस्ताव पनि आएको छैन । तर, यो पनि अब क्रमशः जाला,’ उनले अभियानसँग भने । साथै प्रमाणपत्र धितो राखेर प्रवाह गर्ने कर्जामा बैंकहरू भने हच्किने गरेको उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन् ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top