×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायोः उपाध्यक्ष कँडेल

२९ माघ २०७७

२९ माघ, काठमाडौं ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौँलाई नजिक बनाएको बताएका छन् ।

विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आएको अवसरमा बुधबार दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकै दिनमा काठमाडौँ आउजाउ गर्ने वातावरण बनेको बताए ।

Advertisement
Advertisement

उपाध्यक्ष प्रा. डा. कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिलाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले जिल्लामा सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जिल्लावासीको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गर्न आग्रह गरे ।

प्रधानमन्त्रीको पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–खचेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्नेगरी काम भइरहेको बताए ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा खोटाङका नेता देवविक्रम राईले खोटाङसँग सम्बन्धित सडक, पुल तथा विद्युत्को कामलाई द्रुत गति दिन आयोगका उपाध्यक्ष प्रा. डा. कँडेललाई ध्यानाकर्षण गराए ।

जिल्लामा सञ्चालित अधिकांश विकास निर्माणका काममा ठेकेदार कम्पनीको लापर्वाहीले ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन काम भइरहेको जानकारी गराउँदै नेता राईले यसप्रति कडाइ गर्न अनुरोध गरे ।

प्राविधिक टोलीसहित अनुगमनमा निस्किएका उपाध्यक्ष प्रा डा कँडेल बुधबार नै साँझ कालोपत्रको काम भइरहेको दिक्तेल–चखेवा सडक अवलोकन गर्दै छिमेकी जिल्ला भोजपुर गएका छन् ।

Advertisement

मध्यपहाडी लोकमार्गअन्तर्गत रामेछापको दोलालघाटबाट खोटाङको हलेसी हुँदै दिक्तेल आएका उपाध्यक्ष प्रा डा कँडेलको टोली पाँचथरको चुवाभञ्ज्याङसम्म पुग्ने कार्यक्रम रहेको जनाइएको छ । (रासस)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top