मस्जिदमा गोलीहानी चार जनाको हत्या

२३ जेठ ७५, बिहीबार

अफिगानिस्तान, जेठ २४

अफगानिस्तानको पूर्वीप्रान्त खोस्तमा अवस्थित एक मस्जिदमा प्रार्थनाका लागि बसेका भक्तजनमाथि बन्दुकधारीले गरेका गोली प्रहार गर्दा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ ।

यस गोली काण्डमा चार सर्वसधारणको मृत्यु हुनुको साथै अन्य पाँच जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

खोस्त प्रान्तको मनदोजायी जिल्लाको लालमायी इलाकाको कमाल खिल मस्जिदमा बुधबार साँझ आतङ्ककारी समूहले गोली प्रहार गरेका थिए ।

साँझको प्रार्थनाको लागि मस्जिदभित्र बसेका व्यक्तिलाई गोलीको शिकार बनाइएको प्रवक्ता तालिब मङगालले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा पनि लिएको छैन । तर यस आक्रमणमा तालिबानकै हात रहेको अनुमान प्रहरीले गरेको छ ।

अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१७ मा तीन हजार ४३० सर्वसाधारणले ज्यान गुमाएका छन् भने सात हजारभन्दा बढी घाइते भएका संयुक्त राष्ट्रसंघीय मिसनले प्रकाशित गरेको एक प्रतिवेदनमा जानकारी दिइएको छ ।
रासस

 

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top