‘बेथितिको जालो’ सार्वजनिक

२४ जेठ ७५, बिहीबार
Share this
765shares

काठमाडौँ, जेठ २४

Advertisement

राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालो’  सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक आज विमोचन गरिएको छ ।

पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेको उक्त पुस्तक काठमाडौँमा आज आयोजित कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पत्रकार शरच्चन्द्र बस्ती र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले विमोचन गरे ।

Advertisement

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले नेपालसँग भएको जस्तो भ्रष्टाचार नियन्त्रण गर्ने नियमकानुन अरु मुलुकसँग नभएको जिकिर गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने सक्ने पात्र र प्रवृत्तिलाई तयार पार्नुपर्ने बताए । उनले राजनीतिक दलले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थामा भ्रष्टाचारबाट जोगिने प्रयासमा आफूले चाहेको व्यक्ति पठाउने गरेको आरोप पनि लगाए ।

पत्रकार बस्तीले राजनीतिक दललाई जनताका मतमार्फत भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने धारणा राखे । ट्रान्सपरेन्सीका अध्यक्ष अर्यालले राजनीतिक दलबाट सबभन्दा बढी भ्रष्टाचार हुने गरेको छ भन्दै नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका कानुन कार्यान्वयनको अभाव रहेको बताए ।

Advertisement

पुस्तकका लेखकले आफूहरूले समाचार संकलनका क्रममा दोस्रो जनआन्दोलनपछि मुलुकका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र संवैधानिक अंगमा हुने गरेको बेथितिलाई पुस्तकमा समेटेको बताए। पुस्तकमा राज्यका तीन अङ्ग, भ्रष्टाचार विरोधी निकाय, संवैधानिक निकाय, उद्योग÷व्यवसाय र नागरिक समाजमा हुने गरेको विकृतिलाई उतारिएको छ ।

कार्यक्रममा ‘सार्वजनिक सेवा प्रवाहसम्बन्धी सर्वेक्षण–२०७४’को प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ता डा प्रकाशचन्द्र भट्टराईले सरकारी सार्वजनिक सेवामा जनताले अझै सुविधा नपाएको बताए ।

सिरहा, रुपन्देही, रौतहट, दोलखा, दार्चुला, बागलुङ, बाँके र दाङ जिल्लाका मालपोत कार्यालय, नापी कार्यालय, स्थानीय तह, शिक्षा कार्यालय, अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायत १३ सरकारी सार्वजनिक सेवा प्रवाह संस्थामा अध्ययन गरिएको थियो । सोअनुसार सरकारी अस्पतालमा सबैभन्दा बढी सेवाग्राहीले समस्या भोग्नुपरेको छ भने मालपोत कार्यालयमा सेवा प्रवाह असजिलो भएको र कर्मचारीबाट ढिलासुस्ती हुने गरेको पाइएको छ ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top