१ फागुन, एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राती भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ। शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु ताजकिस्तानको जमिनबाट ८० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ ।
भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको थियो । अफगानिस्तान र पाकिस्तानका पेसावर, इस्लामाबाद, लाहौरमा समेत भूकम्पको तीव्र धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएकाे छ।
यसअघि शुक्रबारै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो । भूकम्पले के कति क्षति पुर्यायोे भन्ने तथ्यांक आइसकेको छैन । मानवीय क्षति भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
