नेविसंघको महाधिवेशन साउन २३ देखि

२४ जेठ ७५, शुक्रबार

काठमाडौँ, जेठ २५

नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेवि संघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

Advertisement

बिहीबार नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष महरले संघीयतामा देश गएको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकूल बनाएर मस्यौदा तयार भइरहेको बताए ।

आगामी जेठ ३० गते नेविसंघको मस्यौदाबारे छलफल गर्न पूर्व केन्द्रीय अध्यक्ष र पदाधिकारीसँग छलफल समेत गर्ने भएको छ । अध्यक्ष महरले विधानलाई अन्तिमरुप दिन असार ३ गते सातवटै प्रदेशका राजधानीमा सुझाव संकलन गरिने बताए । सुझाव संकलनका लागि नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारीसमेत दिएको छ ।

Advertisement

यसैगरी असार १ देखि सदस्यता वितरण गर्ने, असार २० देखि सबै शैक्षिक संस्था, स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने नेविसंघले जनाएको छ ।

नेवि संघका प्रवक्ता प्रेमराज जोशीले विसं २०७४ असोज ३१ को राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको वन्दसत्रबाट पास भएको समयअनुसार नेविसंघको महाधिवेशन सम्पन्न गर्न लागिएको जानकारी दिए ।

प्रवक्ता जोशीले नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जेठ २७ मा सबै जिल्लामा सिठी जुलुस, जेठ २९ मा सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको बताए।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top