४ फागुन, ईलाम । ईलामको ईलाम नगरपालिका-७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटो चालक ईलाम-९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन् । हिजो बेलुका साढे ८ बजे मे १ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गम्भीर घाईते भएका थिए ।
गम्भीर घाईते भएका सुन्दासलाई उपचारार्थ विराटनगर तर्फ लैजादै गर्दा राती ११ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।