×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026

सरकारको तीन वर्षः हवाई पूर्वाधारमा फड्को

५ फाल्गुन २०७७

५ फागुन, काठमाडौं ।

सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो ।

पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो विमानस्थल निर्माण, विस्तार र स्तरोन्नतिका साथै भूकम्पबाट भत्किएका सम्पदाको पुनःनिर्माणमा आशाजनक काम भएका छन् । कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार छिटै सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थको भौतिक प्रगति ९८ दशमलव आठ प्रतिशत रहेको छ ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हाल ७० प्रतिशत भौतिक प्रगति रहेको छ । यदि कोभिड महामारी नभइदिएको भए यी विमानस्थल यतिखेर सञ्चालनमा हुन्थे । पर्यटनमन्त्री भानुभक्त ढकालले निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः पोखरा र भैरहवाको निर्माणलाई तीव्रता दिई छिट्टै सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको बताए ।

पर्यटनमन्त्री ढकालले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको प्राविधिक काम पनि छिटै सक्ने योजनाका साथ काम अघि बढेको जानकारी दिए । “कोभिड–१९ का कारण प्राविधिक जनशक्ति अभावले केही काम बाँकी छ, त्यो समस्या पनि छिट्टै समाधान हुने गरी काम अघि बढाएका छौँ”, पर्यटन मन्त्रीले भने ।

मन्त्री ढकालका अनुसार भएका विमानस्थलको व्यवस्थित र स्तरोन्नति गरिने छ । क्षेत्रीय विमानस्थलको विकास र स्तरोन्नतिका साथै अन्य विमानस्थलको स्तरोन्नति गर्ने कार्य शीघ्र अघि बढाइने छ । उनले अन्तर प्रदेश हवाई उडानका साथै अन्य बाह्य मुलुकसँगको हवाई सम्पर्क सञ्जाल विस्तारका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए ।

पर्यटन मन्त्रीले पछिल्लोपटक इजरायलसँग सिधा हवाई उडान सञ्चालनबारे नेपालका लागि इजरायली राजदूतसँग छलफल गरेका थिए । हाल नेपालले विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौतामा हस्ताक्षर गरिसकेको छ । असहज परिस्थितिमा पनि हवाई पूर्वाधारले फड्को मारेको छ ।

क्यानका महानिर्देशक राजन पोखरेलले कोभिड महामारीले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामा केही असर परे पनि अहिले निर्माण कार्य पूर्ववत् अवस्थामा फर्किसकेको र पूर्वाधारका निर्माणको कामले गति लिएको बताए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा आन्तरिक विमानस्थलको व्यवस्थापन र सुदृढीकरणका लागि क्यानले योजनाबद्ध कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ ।

चीनको हुवई प्रान्तको वुहानलगायत शहरमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रुपमा फैलियो । यसले विश्व अर्थतन्त्रलाई शिथिल तुल्यायो । विश्व पर्यटन क्षेत्रमा नकारात्मक असर पुग्यो भने नेपालको अर्थतन्त्रले पनि कोभिडको मार खेप्नुपर्यो ।

महामारीले झण्डै १० महिना मुलुकको विकास तथा आर्थिक क्रियाकलापमा नराम्ररी असर पर्यो । कोभिडबाट अर्थतन्त्रका अन्य क्षेत्र जस्तै सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्कने अवस्थामा छ । पर्यटनको महत्वपूर्ण पाटो आन्तरिक हवाई उडान पूर्ववत् अवस्थामा फर्किसकेको छ भने बढी मारमा परेको होटल क्षेत्रमा केही सकारात्मक सञ्चार छाएको छ । विदेशी पर्यटकको आवागमन विस्तारै बढ्दैछ ।

पर्यटनका अन्य व्यवसाय पनि शुरु भइसकेका छन् । पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटको भिडभाड हुन थालेको छ । कोभिड महामारीकैबीच गत असोज ५ गतेदेखि मुलुकको आन्तरिक उडान शुरु भएको थियो । त्यस्तै गत भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खुलेको भए पनि उडान सङ्ख्या बढ्न सकेको छैन ।

कात्तिक महिनादेखि पर्वतारोहण र पदयात्रा खुलेको छ । मङ्सिरबाट पर्यटनका अन्य गतिविधि पनि पुनः सञ्चालन भइसकेका छन् । तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी रूपमा अघि बढाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा २०७४ फागुन ३ गते वर्तमान सरकारको नेतृत्व लिएका थिए । समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अघि सार्नुभएका प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएर यसको विकास विस्तारमा जोड दिएका छन् ।

सरकारले पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्रमा पनि नेपालको पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतायुक्त क्षेत्रको रुपमा व्याख्या गरेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा हाल पर्यटन क्षेत्रको तीन प्रतिशत योगदानलाई बढाएर १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

नेपालको पर्यटन क्षेत्रलाई विशेष अभियानकै रुपमा प्रवद्र्धनका लागि सरकारले अघिल्लो वर्ष नेपाल भ्रमण वर्ष २०२० अभियानका घोषणा गरेर सो अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो तर कोभिड महामारीले सो कार्यक्रम स्थगित गरियो ।

हवाई पूर्वाधारका यी उपलब्धि

सरकारको तीन वर्षे अवधिमा हवाई पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सार्वजनिक गर्नुभएको सरकारको प्रगति विवरणअनुसार मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पुनःनिर्माण गरिएको छ ।

विमानस्थलको धावन मार्गको जीर्णोद्वार गरिएको हो । यो पुनःनिमाण ४० वर्षपछि तोकिएको समयभित्रै सम्पन्न भएको आयोजना हो । यस अवधिमा नेपालका ५३ विमानस्थलमध्ये बाह्रै महिना सञ्चालन हुने विमानस्थलको सङ्ख्या २९ बाट ३६ पुगेको छ । यीमध्ये रात्रिकालीन उडानयोग्य विमानस्थलको सङ्ख्या आठ पुगेको छ ।

विराटनगर, सुर्खेत र महेन्द्रनगर विमानस्थललाई प्रदेश र स्थानीय तहसँग समन्वय गरी विस्तारको काम अघि बढाइएको छ । धनगढी, काठमाडौँ, जनकपुर, विराटनगर र भद्रपुर विमानस्थलमा प्रतिकूल मौसमको समयमा पनि भूउपग्रहमार्फत उडान तथा अवतरण हुने प्रणालीको स्थापना गरिएको छ ।

क्यानको २२औँ वार्षिक प्रगति विवरणमा आव २०७६÷७७ मा पूँजीगत खर्चतर्फ रु ३४ अर्ब चार करोड ३७ लाख र कार्यसञ्चालन खर्च रु आठ अर्ब १८ करोड ८४ लाख गरी जम्मा ३८ अर्ब २३ करोड ११ लाख व्यय अनुमान गरिएकामा पूँजीगत खर्च रु १५ अर्ब ४१ करोड २९ लाख छ । चालू आव २०७७÷७८ का लागि पूँजीगत खर्च तर्फ रु २८ अर्ब ९२ करोड २७ लाख तथा कार्य सञ्चालनतर्फ रु तीन अर्ब ६६ करोड गरी जम्मा रु ३२ अर्ब ५८ करोड ९३ लाख विनियोजन गरिएको छ ।

विसं २०७२ को गोरखा (७.६ रेक्टर) भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रले पछिल्ला वर्षमा गति लियो । विसं २०७४ संविधानसभाको निर्वाचनपछि स्थायी सरकार बन्यो । त्यसको सकारात्मक असर पर्यटन क्षेत्रमा देखिएको छ । पछिल्ला वर्षमा नेपालमा पर्यटकको आगमन बढेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१७ मा १० लाख, सन् २०१८ मा १२ लाख हाराहारी र सन् २०१९ मा झण्डै सोही सङ्ख्यामा विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन् । सन् २०२० मा कोभिड महामारीका कारण विदेशी पर्यटकको सङ्ख्यामा करीब ८० प्रतिशत गिरावट आएको छ । यस अवधिमा करीब दुई लाख मात्र विदेशी नेपाल आएका छन् ।

सम्पदा तर्फ

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणको कामले पनि गति लिएको छ । हालसम्म करीब ५६५ सम्पदाको पुनःनिर्माण सकिएको छ । बाँकी सम्पदा पुनःनिर्माणको काम चाँडै सक्ने योजना छ । भूकम्पबाट क्षतिग्रस्त धरहरालाई ‘ऐतिहासिकता झल्कने र आधुनिकता टल्कने’ गरी नेपालको गौरवको रुपमा उभ्याउन सफल भएको छ । अहिले २२ तल्ले धरहराको २१औँ तल्लाको ढलान सम्पन्न भइसकेको छ । यसै वर्ष निर्माण पूरा हुँदैछ ।

मन्त्रालयको नीतिगत सुधारतर्फ नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवा प्रदायक र नियामक निकाय बनाउने गरी विधेयक राष्ट्रियसभामा पेश भइसकेको छ । नीतिगत सुधारतर्फ पनि निकै प्रगति भएको छ । पर्यटन ऐन र हवाई नीतिको अन्तिम मस्यौदा तयार भई अन्तर मन्त्रालय छलफलको क्रममा छ ।

महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको हस्पिटालिटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । अबको दुई वर्षको अवधिमा निर्माणाधीन झण्डै १० वटा पाँचतारे होटल पूर्ण सञ्चालनमा आउनेछन् । काठमाडौँ, भैरहवा, नेपालगञ्ज पोखरामा पाँचतारे होटल थपिएका हुन् । होटल एशोसिएशन अफ नेपाल हानका अनुसार अहिले मुलुकमा करीब चार हजार ८०० श्यया छन् । पर्यटकस्तरीय करीब दुई हजार होटल छन् ।

–सिबी अधिकारी/रासस

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top