५ फागुन, झापा।
झापाकाे झापा गाँउपालिका-६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङकाे आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएकाे छ ।
मंगलबार बेलुका ०६;५० बजे सनम तामाङ को१३प ९०० नम्बरको मोटरसाईकलमा पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका- ७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा अनियन्त्रित भई दुर्घटना भएकाे थियाे ।
उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।