५ फागुन, विराटनगर । युथ युनिटी अफ नेपालले विराटनगर वडा नं १७ स्थित मस्जिदे कुवा आधारभूत विद्यालयका ५० जना छात्राहरुलाई हिजाब बितरण गरेको छ ।

युथ युनिटी अफ नेपालले बुधबार एक कार्यक्रममको आयोजना गर्दै छात्राहरुलाई हिजाब वितरण गरेको हो । प्रमुख अतिथि रेजा अहमद (हाजि सोनु) ले छाज्ञाहरुलाई हिजाव वितरण गरेका थिए ।

कार्यक्रममा सोसाईटी जोन चेयर पर्सनका मोजाहिद हक , मदरसाका शिक्षक मौलाना कफिल, मौलाना आरिफ रिजवान र संस्थाका अध्यक्ष जफर एकवालले सम्बोधन गर्दै आगामी दिनमा पनि यस्तै शैक्षिक क्षेत्रमा योगदान एवं सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

मस्जिदे कुवा विद्यालयका छात्राहरुले हिजाव अनिवार्य रुपमा लगाउने गर्दछन् ।