×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026

सुत्केरी गाईलाई दुई हजार भत्ता

५ फाल्गुन २०७७

५ फागुन, फुङ्लिङ ।

झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताए । आव २०७५/७७ मा एक हजार सुत्केरी गाईलाई भत्ता गाउँपालिकाले वितरण गरेको छ ।

दुग्धजन्य खाद्यवस्तुमा गाउँपालिका आत्मनिर्भर हुनका लागि पशुपालक घरपरिवारले पालेको गाई वा भैँसी सुत्केरी (दुुहुनो भएमा) रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको पशु शाखा प्रमुख कार्कीले बताए । सो कार्यक्रमअन्तर्गत गएको वर्षमा एक हजार दुनो गाईको लागि रु २१ लाख ४१ हजार भत्ता वितरण गरेको पशु शाखा प्रमुख कार्कीले बताए ।

एक घरमा एउटा गाई वा भैँसी सुत्केरी भएमा गाउँपालिकाले रु दुई हजारका दरले नगद प्रदान गर्दै आएको छ । एउटै घरमा एकदेखि बढी गाई वा भैँसी सुत्केरी भएमा रु एक हजार थप गरेर नगद प्रदान गर्ने गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सुत्केरी गाई र भैँंसीका लागि प्रोत्साहन कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरेको पशु शाखाले जनाएको छ ।

गाउँपालिकाका पशुपालकहरुलाई भैपरी आउने विभिन्न दैवीप्रकोप र महामारी रोगहरुबाट पर्न सक्ने आर्थिक सङ्कटबाट बचाउन गत आवमा दुई हजार पशुहरुको बीमा गरेको गाउँपालिका पशु शाखा प्रमुख कार्कीले बताए । गाउँपालिकाभित्रका एउटा पशुलाई प्रिमियमबापत रु एक हजार १०० दरले दुई हजार पशुको बीमा कार्यक्रमअन्तर्गत गत आवमा रु छ लाख ५० हजार गाउँपालिकाले बीमाबापत पशुपालकको पशुको बीमा रकम तिरिदिएको गाउँपालिकाको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जागर हुने पशुपालक कृषकलाई स्थानीय सरकारको अनुभूति भएको सिदिङ्वा गाउँपालिका–४ का पशु व्यवसायी सीताराम गौतमले बताए । दुहुनो गाई तथा विभिन्न प्रोत्साहन र अनुदान कार्यक्रमले स्थानीयवासीको आर्यआर्जनमा ठूलो सहयोग पुगेको गौतमले बताए । उनले भने– “गाउँपालिकाले दिएको दुहुनो गाई प्रोत्साहन भत्ताले दुहुनो गाईको लागि दाना र नून दिन पुगेको छ ।” गाउँपालिकाभित्र सङकलन भएको दुग्ध छुर्पी साथै दुग्धजन्य पदार्थ इलाम पुर्याएर बिक्री वितरण गर्दै आएको सिंहदेवी दुग्ध डेरी सञ्चालकसमेत रहेको गौतमले बताए ।

नेपाल सरकारले कृषकको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएको छ भन्ने सुन्न मात्रै पाएका कृषक सरु राई अहिले निकै खुशी भएका छन् । राईले भने, “मेरो गाई सुत्केरी हुन नसकेर मरेको थियो । गाउँपालिकाले बीमाबापत रु ३४ हजार दियो ।” विगतका दिनमा पशु मरे भने ठूलो आर्थिक क्षति हुन्थ्यो तर अहिले प्रत्येक घरमा पशु बीमा गरिदिएपछि आर्थिक क्षति हुनबाट जोगिएको राईले बताए ।

विकास निर्माण क्षेत्रमा मात्र ठूलो लगानी गर्दा जनजीवनमा आर्थिक विकास हुन नसक्ने भएकाले प्रत्येक घरपरिवारमा उद्यमी बनेर आयआर्जन गर्नको लागि किसान प्रोत्साहन कार्यक्रम ल्याएको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवन ताम्लिङले बताए । उनले भने, “गाउँपालिकाका कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरणको लागि गाउँपालिकाले सहजीकरण गर्ने योजनामा छौँ ।”

प्रत्येक परिवारले गाईभैँसी दुहुनो पाल्न थाले पौष्टिक तत्व प्राप्त हुने र परिवार नै स्वस्थ हुने भएकाले पनि पशुपालकलाई पालिकाले प्रोत्साहन गरेको उपाध्यक्ष ताम्लिङले बताए । गाईपालनबाट प्राङ्गारिक मल उत्पादन हुने भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।

दुग्धजन्य वस्तुबाट मात्र गाउँपालिकामा दैनिक रु ५० हजार भित्रिने गरेको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । विगतमा सीमित घरपारिवारले मात्र दुहुनो गाई पाल्दै आएको थियो । स्थानीय सरकार आएसँगै कृषि क्षेत्रमा विभिन्न अनुदान र प्रोत्साहनका साथै बीमा कार्यक्रमले पशुपालक उत्साहित हुँदै गएको सिदिङ्वा गाउँपालिकाका कृषि शाखा प्रमुख विकास थेवेले बताए । गाउँपालिकामा उत्पादन भएको दूध ताप्लेजुङ, पाँचथर र इलामसम्म पु¥याउने गरेको डेरी सञ्चालक राजेन्द्र कडरियाले बताए ।

गाउँपालिकाभित्र प्रायः सबै घरपरिवारमा दुहुनो गाईपालन थाल्नेको सङ्ख्या बढ्दै गएको पशु शाखाको तथ्याङ्कमा छ । गत माघ मसान्तसम्ममा सिदिङ्वा गाउँपालिकामा ९६७ वटा दुहुनो गाईबाट चार दशमलव पाँच मेट्रिक टन, ७५८ वटा भैँसीबाट दुई मेट्रिक टन र १५० चौँरीबाट एक मेट्रिक टन दुग्ध पदार्थप्रति महिना उत्पादन हुँदै आएको छ ।

दूधजन्य पदार्थमा आत्मर्भिर हुँदै

गाउँपालिकाले पशुपालकलाई अनुदान र प्रोत्साहन दिन थालेसँगै गाउँपालिका दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुँदै गएको छ । यसअघि गाउँपालिकामा डेरी उद्योग नभएको र अहिले सिदिङ्वा गाउँपालिकामा आठ वटा डेरी उद्योग दर्ता भएका छन् । दैनिक नौ हजार लिटर दुग्ध उत्पादन हुँदै आएको पशु शाखाको तथ्याङ्कमा उल्लेख छ । घिउ एक महिनामा ५०० केजी तथा ७५० केजी छुर्पी उत्पादन हुँदै आएको छ ।

स्थानीयवासीलाई रोजगारी

कृषि र पशु क्षेत्रमा विभिन्न अनुदान र प्रोत्साहले गाउँपालिकामा बसोबास गर्ने समुदायको आयआर्जनमा ठूलो टेवा पुगेको सिदिङ्वा गाउँपालिका–४ का वडाध्यक्ष नन्दलाल गौतमले बताए । दुहुनो गाई प्रोत्साहन, पशु बीमा साथै गोठ सुधार कार्यक्रमले कृषकमा उत्साह आएको वडाध्यक्ष गौतमले बताए ।

उनले भने, “अहिले प्रत्येक घर परिवारमा पशुपालनबाट आयआर्जन भइरहेको छ, त्यसै अनुसार गाउँपालिकाले अनुदान पनि दिँदै आएको छ ।” घरमा दुहुनो गाई पालेपछि परिवारमा स्वरोजगार पनि हुने दुग्ध सेवनले परिवारजनको स्वास्थ्यमा पनि राम्रो हुने गौतमले बताए। गाउँपालिकामा पशुजन्य क्षेत्रमा प्रत्यक्षरुपमा महिला १० जना र पुरुष १४ जनाले रोजगारी पाएको गाउँपालिकाको पशु शाखा कार्यालयले जनाएको छ ।–दिलकुमार लिम्बू/रासस

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top