×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

रु ४० अर्ब विदेश दातृ निकायबाट प्राप्त

२६ जेष्ठ २०७५

काठमाडौँ, जेठ २६
सामाजिक संस्थाले सरकारलाई सहयोगी भूमिका खेलेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।

एक्सनएड नेपालले शुक्रबार आयोजना गरेको ‘१५औँ राष्ट्रिय समाजिक लेखाजोखा’ कार्यक्रममा राष्ट्रियसभाका सदस्य डा विमला राईले सामाजिक संस्थाले मुलुक परिवर्तन गर्न ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्दै तिनले राज्य र जनताको बीचमा रहेर पुलको काम गर्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले मुलुकको समृद्धिमा सामाजिक संस्थाले साथ दिनुपर्ने बताउँदै गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबीच समन्वयको खाँचो औँल्याए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य डा विष्णुबहादुर भण्डारीले स्थानीय तहलाई विकास निर्माणसँग जोडे मात्र मुलुकको विकास हुने धारणा राखे । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अध्यक्ष डा शिवेशचन्द्र रेग्मीले वार्षिक रु ४० अर्ब विदेश दातृ निकायबाट नेपालको विकासका लागि आउने गरेको जानकारी दिए ।

कार्यक्रममा एक्सनएड नेपालका बोर्ड अध्यक्ष सुभाष केसीले गैससले आफ्नो काम र आर्थिक खर्चको पारदर्शिता गर्नुपर्ने मान्यताका आधारमा एक्सनएड नेपालले सामाजिक लेखाजोखा सार्वजनिक गरेको बताए ।

Advertisement
Advertisement

उनका अनुसार एक्सनएड नेपालको २०१७ को वार्षिक बजेट करीब रु ६६ करोड एक लाखमध्ये करीब रु ६४ करोड ४८ लाख खर्च भएको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top