विराटनगर,जेठ २६
नेपाल एसबिआई बैंकले आफनो स्थापनाको २५ औं बार्षिक उत्सवको अबसरमा रक्तदान कार्यक्रम गरेको छ ।
आफ्ना देशैभरिका शाखामा रक्तदान कार्यक्रम गरेको एसबिआई बैंकले शुक्रबार विराटनगर शाखामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
गर्मी बढेसंगै बिरामी बढ्ने र रगतको अभाव हुन सक्ने भएकाले बैंकले सामाजिक सेवाको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको एसबिआई बैंक विराटनगर शाखाका सहायक म्यानेजर मनोज बरालले जानकारी दिए ।
एसबिआई बैंक बिराटनगर शाखाले शुक्रबार आफ्नो कार्यलयमा रक्तदान कार्यक्रम गरेको हो ।