साइकल सिक्नेक्रममा लडेर मृत्यु

२५ जेठ ७५, शनिबार

विराटनगर,जेठ २६

सुनसरीको धरान उपमहानगरपालिका ६ पानमारामा साइकलबाट लडेर सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीया गीता मंग्रातीको मृत्यु भएको छ।

बिहिबार साँझ साइकल सिक्नेक्रममा लडेर टाउकोम चोट लागी गम्भीर घाइते भएकी मंग्रातीको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको आफन्तले प्रहरीलाई जनाएको छ ।

Advertisement

घटनासम्बन्धमा प्रहरीबाट अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top