राष्ट्रियसभा नियमावली आइतबार सर्वसम्मत अनुमोदन हुने

२५ जेठ ७५, शनिबार

चितवन, जेठ २६
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ आइतबार सर्वसम्मत अनुमोदन हुने बताएका छन्।

Advertisement

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको भन्दै आइतबार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताए ।

उनले फौजदारी अभियोग लागेका सांसदको संसद्मा मतदान हुँदा सांसदको संख्या गणना हुने तर मतदान गर्न नपाउने बताए ।

Advertisement

अध्यक्ष तिमिल्सिनाले भने“जनताले चुनेको प्रतिनिधि, आफूले उन्मुक्ति लिएर कहीँ पाउँदैनन्, यो कुनै दुनियाँमा हुँदैन । नेपालमा यो पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत चुनिएका प्रतिनिधि अरुभन्दा माथि हुनै सक्दैनन् ।”

राष्ट्रियसभा नियमावली २०७४ आइतबार राष्ट्रियसभामा पेश हुँदैछ भने आइतबारै प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनसम्बन्धी संयुक्त नियमावली पनि पेश हुँदैछ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top