×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026

नारायणगढमा भरतपुर मेट्रो प्लाजा बनाइने

८ फाल्गुन २०७७

८ फागुन, चितवन ।
जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ ।

सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै छ ।

महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण, वित्त, सञ्चालन एवं हस्तान्तरण विधिबाट भवन बनाउँदै छ ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आउँदो चैत महिनाभित्रमा निर्माणको सम्झौता हुने गरी काम अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन, नियमावली बनाएर राजपत्रमा प्रकाशित गरी व्यावसायिक भवन बनाउन लागेको हो ।

दाहालको भनाइमा भवन निर्माणका लागि निजी क्षेत्रबाट सातवटा कम्पनीले मनसाय पत्र पेश गरेका थिए । जसमध्ये चारवटाको मनसाय पत्र स्वीकृत भएको थियो । तीमध्ये तीन वटा कम्पनीले प्रस्ताव पत्र पेश गरेका छन् । प्राविधिक मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ ।

महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, नियमावलीबमोजीम एकाइ प्रवद्र्धन समिति गठन गरी काम अघि बढाइएको छ । समितिको अध्यक्ष प्रमुख दाहाल छन् भने सदस्य सचिवमा महानगरकै वरिष्ठ इ भरतकुमार आचार्य छन् ।

आचार्यका अनुसार हाल प्रस्ताव पत्र पेश गरेका पिजन इञ्जिनीयरिङ, आर्य विल्डर्स र इनोभेटीव इञ्जिनीयरिङमध्येका एउटा कम्पनी छनोटमा परी चैत महिनाभित्रमा ठेक्का सम्झौता हुने छ ।

तीमध्ये छनोटमा परेका कम्पनीले करिब रु दुई अर्ब लगानी गरेर भवन बनाउने छन् । तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ भने उनीहरुले निर्माण पछि उपयोग गर्ने अवधि २७ वर्ष पाउने छन् ।

प्रस्ताव पेश गर्ने कम्पनीले १२ देखि १४ तल्ला बनाउने प्रस्ताव गरेका छन् । दुई तला भूमिगत पार्किङ हुनेछ । आचार्यका अनुसार कम्तीमा २५ लाख वर्ग फिटको भवन बन्ने छ । जहाँ २०० भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने छ भने २०० भन्दा बढी दुई पाङ्ग्रे सवारी पार्किङ गर्न सकिने छ ।

पेश भएका प्रस्तावमा पाँच तारे होटलसमेत उल्लेख छन् । महानगरपालिकाले नै कम्तीमा तीन तारे होटल हुनैपर्ने उल्लेख गरेको छ ।

महानगरले मानव केन्द्रित अवधारणामा निर्मित खुला स्थान, कार्यालय तथा बैंकिङ सेवाका लागि पर्याप्त सुविधा, होटल, बालबालिका खेल्ने क्षेत्र, रेष्टुराँ तथा खाद्य सूविधा, सिनेमाहल तथा मनोरञ्जन केन्द्र बनाउनु पर्ने गरी प्रस्ताव माग गरेको दाहालले जानकारी दिइन्।

शुरुमा आफैँ निर्माण गर्ने भनिएकोमा पछि सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम भवन बनाउन लागिएको हो । महानगरपालिकाले नागरिक उड्डयन प्राधिकरणसँग राय लिएर भवनको उचाइ तय गरेको हो ।

दाहालका अनुसार कूल जग्गाको क्षेत्रफलमध्ये आधा भागमा भवन बन्नेछ । उनले भनिन् “यो भरतपुर महानगरको गहना हुनेछ ।” जिल्लाको प्रमुख शहर नारायणगढमा पार्किङको अभावमा व्यवसाय प्रभावित भएको छ ।

यो भवन बनेसँगै महानगरवासी पूर्णरुपमा लाभान्वित हुने दाहालको भनाइ छ । नेपालमा ऐन नियमावली बनाएर निजी क्षेत्रको सहकार्यमा बनाउन लागिएको यो पहिलो र ठूलो परियोजना हो । उनले भनिन्, “यो परियोजना देशकै नमूना बन्ने छ ।”

एउटै भवनभित्र सबै खालका सुविधा प्राप्त गर्ने भएकाले भरतपुर महानगरको शहरभित्रको एउटा महत्वपूर्ण शहरको रुपमा व्यावसायिक भवन बन्ने अपेक्षा गरिएको छ । भरतपुर महानगरपालिका–३ का अध्यक्ष चन्द्रमित्र पण्डित नारायणगढ बजारको सुन्दरता भवनले बढाउने बताउछन् ।

उनले भने, “नारायणगढको भविष्यसँग जोडिने गरी हामी भवन बनाउँदै छौँ ।” देशकै मध्यभागमा रहेको नारायणगढ बजार राजधानी बाहिरका ठूलो बजारमध्येको एक हो ।

स्थान अभावका कारण सङ्कटमा पर्दै गएको अवस्थामा महानगरपालिकाले बेलैमा दीर्घकालीन सोचका साथ भवन बनाउन लागेको पण्डितको भनाइ छ ।

उपयुक्त प्रस्ताव छनोटका लागि महानगरपालिकाले मूल्याङ्कन समितिमा विरोक एण्ड कम्पनीका अध्यक्ष राधेश पन्तसहित चार जना विषय विज्ञलाई आमन्त्रण गरी काम गरिरहेको छ ।

पन्तले विगत तीन वर्षयता सार्वजनिक निजी साझेदारीसम्बन्धी कानून निर्माण र परियोजना सहजीकरणमा सहयोग गर्दै आएका छन् । महानगरका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारी कहिल्यै पुरानो नहुने गरी आधुनिक र सुविधा सम्पन्न व्यावसायिक भवन बन्ने बताँछन् । उ

नले भने, “प्रमुख दाहालले दीर्घकालीन सोचका साथ नारायणगढ बजारलाई जीवन्त राख्ने गरी यो महत्वपूर्ण योजना ल्याउनुभएको हो ।”(रासस)

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top