८ फागुन, सुनसरी ।
सुनसरीको बराहक्षेत्र नगरपालिका- ८ का १४ बर्षीय प्रज्वल राईको बालुवा र माटो सहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । आज दिउसो १ बजे बराहक्षेत्र-८ सालबन्दी स्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा अचानक उनलाई बालुवा र माटो सहितको ढिस्को झरी पुरेको थियाे ।
स्थानीयले तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगेकाेमा उपचारको क्रममा उनको २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।
साथै उनि संगै खेल्ने गएका उनकै भाई १० बर्षीय राजन राई समेत पुरिएर घाईते भएकोमा उनलाई थप उपचारको लागी घोपा धरान लगिएको उक्त कार्यालयले जनाएको छ ।