Nepal Times
Nepal Times
3
Shares

भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ

भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ

म्याग्दी, जेठ २७
म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् ।

प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरी सहायक निरीक्षक सहितको टोलीले शंकास्पद व्यक्तिको घरमा चेकजाँच गर्ने क्रममा हिदीका ३५ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको हो ।

पुनको घरमा लुकाइराखेको बिना लाइसेन्सको अवैध एक नाले भरुवा बन्दुकसहित दुर्लभ जनावरको मासु फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिए ।

पुनलाई भरुवा बन्दुक र वन्यजन्तुको मासुसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.