Nepal Times
Nepal Times
3
Shares

श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री ढकाल

श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री ढकाल

१० फागुन, काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्रतिलिपि अधिकार ः कानूनी व्यवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले परम्परागत रुपमा रहेको श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा समावेस गर्नुपर्ने बताएका हुन् ।

यस्तै रोयल्टी उठाउने र बाँडफाँड गर्ने कुराको सन्दर्भमा कानून र व्यवहारमा फरक पर्न सक्ने बताए । यसको सुधारका लागि राज्यको उपस्थितिलाई कमी हुन नदिने पनि मन्त्री ढकालले बताए ।

कम्पनी राजिष्ट्रारको कार्यालयका रजिष्ट्रार विष्णुकुमारी भट्टराईले रजिष्ट्रारको मुख्य काम प्रतिलिपि अधिकारको संरक्षण गर्ने, अभिलेखिकरण गर्ने, श्रष्टाहरुले प्राप्त गर्ने रोयल्टी सङ्कलन व्यवस्थापन र वितरण गर्ने रहेको बताइन् । श्रष्टाहरु एक भएर जान नसक्दा प्रतिलिपि अधिकारको विषय तल पर्ने गरेको बताइन् । प्रतिलिपि अधिकारको विषयलाई यस क्षेत्रको साझा मुद्दा बनाएर लैजान सुझाव दिइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिलिपि अधिकार, बौद्धिक सम्पत्ती संरक्षणको क्षेत्रमा प्रभावकारी काम गर्न सकेमा मुलुकभित्र बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने बताएका छन् । कानूनी संरचना बलियो हुँदाहुँदै पनि जनचेतनाको अभावका कारण गीत, संगित, साहित्यको क्षेत्रमा पाइरेसीका घटनाहरु हुने गरेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, चलचित्र तथा मनोरञ्जन फोरमका संयोजक आकाश अधिकारीले श्रष्टा र सर्जकहरुको हक सुरक्षित गर्नुपर्ने बताए । यस क्षेत्रमा मुनाफा कमाउने र लगानी उठाउने ज्ञारेन्टी नहुँदा कलाकारहरुको आर्थिक हक सुरक्षित हुन नसकेको बताए । श्रष्टा, सर्जकको मौलिक अधिकार कसैले पनि काटन नसक्ने तर आर्थिक अधिकार अझैपनि सुरक्षित हुन नसकेको बताए ।

कार्यक्रममा बौद्धिक सम्पत्ती संरक्षणको क्षेत्रमा बनेका कानूनहरुको जानकारी नहुँदा पाइरेसी हुने गरेकोमा वक्ताहरुले जोड दिए । यसको नियन्त्रणका लागि सरकारी तवरबाटै निगरानी बढाइनु पर्नेमा उनीहरुको जोड थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.