काठमाडौं उपत्यकामा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी

११ फागुन, काठमाडौँ । काठमाडौं उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ ।

उपत्यकाका २० वटा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा गरिएको सेरोइपिडिमियोलोजी अध्ययनले अस्पतालमा काम गर्ने कर्मचारी मध्ये सबैभन्दा बढी ३६ प्रतिशत नर्सहरु कोरोना संक्रमित भएको जनाएको छ ।

उक्त अध्ययनका अनुसार नर्सपछि प्रशासन तर्फका २२ प्रतिशत कर्मचारी संक्रमित पाइएको थियो । त्यसैगरी १८ प्रतिशत चिकित्सक, ७ प्रतिशत ल्याव र औषधि पसलमा काम गर्ने फर्मासिस्टलाई संक्रमण देखिएको थियो । त्यसैगरी १७ प्रतिशत अन्य कर्मचारीमा कोभिड–१९ पुष्टि भएको थियो ।

Advertisement

काठमाडौं उपत्यकामा कोभिड–१९ को सेरोइपिडिमियोलोजी अध्ययनका अनुसार उपत्यकाका अस्पतालहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोभिड–१९ को संक्रमणको अवस्था अध्ययनको लागि गरिएको सर्वेक्षणमा त्यस्तो नतिजा देखिएको हो ।

उक्त अध्यनको अनुसार २० वटा अस्पतालमा ३२ प्रतिशत देखि ५६ प्रतिशतसम्ममा एन्टीबडीको संयोजित व्यापकता रहेको अनुसन्धानले देखाएको छ ।

Advertisement

अनुसन्धानमा अन्नपुर्ण न्यूरो इन्स्टिच्युट, बीर अस्पताल, नेपाल आँखा अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल, निजामती कर्मचारी अस्पताल, भेनस अस्पताल, मेडिसिटी अस्पताल, अल्का अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, किस्ट अस्पताल, नेपाल क्यान्सर अस्पताल, स्टार अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, कान्तिवाल अस्पताल, नेपाल मेडिकल कलेज, ओम अस्पताल, नेपाल सशस्त्र प्रहरी बल र मोडेल अस्पताल कीर्तिपुरमा काम गर्ने नर्स डाक्टर प्रशासन ल्याव लगायतका कर्मचारी सहभागी थिए ।

उनीहरुमा कोभिड–१९ भए नभएको हेर्न एन्टीबडी व्यापकता जाँच गरिएको थियो । त्यसको प्रमाणीकरणका लागि त्रिवि शिक्षण अस्पतालको वायोमेट्रिक विभागको ल्यावमा परीक्षण गरिएको थियो । अध्ययनमा एनएचआरसीको सदस्य सचिव डाक्टर प्रदिप ज्ञवाली र कन्सल्टेन्ट फिजिसियन डा. किरण राज पाण्डे सहभागी थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top