×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026

नेपाली सेनाले किन शसक्त पार्दैछ गुप्तचरी संयन्त्र ? (अन्तर्वार्ता)

१५ फाल्गुन २०७७

सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेको छ । यो खबर मिडियाहरुमा आएसँगै सबैको चासो पनि बढेको छ । सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ । यसै विषयमा न्यूज एजेन्सी नेपालले सेनाले सक्रिय बनाउन लागेको गुप्तचरी संयन्त्रको उपादेयता र कामको बारेमा नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलसँग कुराकानी गरेको छ । कुराकानीमा प्रवक्ता पौडेलले सेनाले आफ्नो कार्य सम्पादनको लागि सूचना सङ्कलन गर्ने भएकोले अन्य संयन्त्रको काममा अन्तरविरोध नहुने स्पष्ट पारेको छ ।

केही दिन यता मिडियामा सैनिक गुप्तचरीको विषयमा समाचार आएपछि द्विविधाहरु उत्पन्न भएका छन् । यो विषय के हो ?
सैनिक गुप्तचरी (मेलिटिरी इन्टेलिजेन्स) कुनै नयाँ, नौलो, अनौठो विषय होइन । प्रत्येक सेनाले आफ्नो अपरेसनल तयारीको लागि नियमित रुपमा गर्ने विषय नै हो । अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि प्रत्येक देशको सेनाले जानकारी भएका अर्थात ज्ञात सुरक्षा सम्बन्धी खतराहरुको अनुगमन गर्ने त्यसको मुल्याङ्कन गर्ने, प्रवृति विश्लेषण (ट्रेण्ड एनलाइसिस) गर्ने र भविश्यमा उत्पन्न हुन सक्ने सुरक्षा खतराहरुलाई पनि आकलन गरिरहने एक नियमित प्रक्रियाको पाटो मात्रै हो । त्यसैले यसलाई यही ढंगले बुझ्दाखेरी उपयुक्त हुन्छ जस्तो लाग्छ ।

यसले सेनाको नियमित कामलाई कहाँ कसरी सहयोग गर्छ ?
मुख्यरुपमा सेनाको भूमिका भनेको राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा आफ्नो भूमिका निर्वाह गर्ने हो र संविधानले दिएको भूमिकालाई निर्वाह गर्छ । सही र सामयिक सूचना र प्रभावकारी सूचना संयन्त्र जसको व्यापकता र जसको विशेषता अथवा जसको क्षमता को आधारमा सूचना सङ्कलन हुन सक्यो भने समयमा नै यस्ता खतराहरुको आकलन गर्न सकिन्छ र सोही अनुसारको पूर्व तयारीहरु गर्न सकिन्छ । तालिम सम्बन्धी पूर्व तयारी होस, थप सूचना सङकलन गर्नुपर्ने पूर्व तयारी होस, अथवा विश्लेषण र आफ्नो गतिविधिको सम्बन्धीको प्राथमिकता तय गर्ने विषयमा होस यसले सैनिक सङ्गठनहरुलाई मद्दत पु¥याउने भएको हुनाले सूचना सङ्कलन सैनिक दृष्टिकोणबाट ठूलो महत्व राख्दछ । सेनाले गर्ने भनेको दुरगामी प्रकृतिका सुरक्षा चुनौतिहरुलाई मध्यनजर राखेर सूचना संकलन गर्ने हो । जबजब सूचना सामूहिक रुपमा र प्रभावकारी ढंगले हामीले सङ्कलन गर्न सक्दैनौं तबतब राज्यले क्षति बेहोर्नुपरेको अवस्था हामीले देखेका छौं । त्यसले गर्दा सेनाको सुरक्षा संयन्त्र प्रभावकारी हुनु भनेको अन्तत्वगत्वा राष्ट्रिय सुरक्षा सुदृढिकरण हुनु हो भन्ने हामीले बुझ्न आवश्यक छ । त्यसले सैनिक संगठनलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा सूचना सङ्कलन गर्न अत्यन्त नै महत्वपूर्ण र सहयोगको भूमिका हुन्छ ।

हाम्रो राज्य संयन्त्रभित्र सूचना सङ्कलन गर्ने भिन्दै निकायहरु छन । गुप्तचरी संयन्त्र छ । त्यसमा पनि आफ्ना लागि त गर्दै आएको छ । अनि सेनाले पनि गर्दा कतै सूचनाहरु मिसिदा अन्तरविरोध पो हुने हो की ?
सबै सङ्गठनको आफ्नो आफ्नो संवैधानिक दायित्व छ र उनीहरुको कार्यको प्रकृति फरक फरक छ । तपाईले इंगित गर्न खोज्नु भएका सुरक्षा निकायहरुको दिनानुदिन गरिने जिम्मेवारीहरुमा आवश्यक पर्ने सूचनाको प्रकृति फरक छ र सेनाले आफ्नो लागि आफ्नो पूर्व तयारीको लागि आवश्यक पर्ने सूचना सङ्कलन गर्ने त्यसको प्रकृति र त्यसको विषयवस्तुहरु फरक भएको हुनाले यस्तो विषयमा अन्तरविरोध हुने सम्भावना मैले न्यून देख्दछु । तर अवश्य पनि विभिन्न सुरक्षा निकायका अथवा विभिन्न सूचना सङ्कलन गर्ने संयन्त्रहरुबीच समन्वयको भने राम्रो आवश्यकता पर्दछ । जसले गर्दाखेरी सही र सामयिक सूचना अन्तत्वगत्वा सरकारले नै प्राप्त गर्ने हो ।

सिधा हेर्दा सेनालाई चाहिएको सूचना सङ्कलन गरिन्छ भन्नुभयो । तर राज्यले कसरी प्राप्त गर्न सक्छ ?
यसलाई कसरी बुझ्नु उपयुक्त हुन्छ भन्दा सेनाले सैनिक दृष्टिकोण र सैनिक आवश्यकता पूर्ति गर्नका लागि सङ्कलन गर्ने सूचनाहरु राज्यको दैनिक अथवा नियमित कार्यप्रक्रियाहरुमा आवश्यकता पर्दछ जस्तो मलाई लाग्दैन । किनभने यो दिर्घकालिन रुपमा उत्पन्न हुन सक्ने सुरक्षा सम्बन्धी खतराहरुलाई तयार पारिएको हुन्छ र कम्ब्याट इन्टेलिजेन्स भन्छौं हामी सो सम्बन्धमा आधारित रहेर हामीले सूचना सङ्कलन गरेको हुनाले राज्यको नियमित प्रक्रियामा यसको भूमिका अलिकति न्यून नै रहन्छ । तर स्वभाविक रुपमा सेनाले राज्यलाई नै सहयोग गर्ने भएको हुनाले बृहत्तर सुरक्षा सम्बन्धी संवेदनशिलता (लार्जर सेक्युरिटी इन्ट्रेष्ट) अथवा त्यस्तो किसिमको सुरक्षा सम्बन्धी विषयमा आवश्यक परेको खण्डमा राज्यले सेनासँग सो सम्बन्धी विषयवस्तुहरुमा इनपुट माग्न सक्छ र हामी त्यो दिन सक्छौं ।

बजारमा फैलिएका अफवाहहरु बारे केही स्पष्ट पार्न चाहनुहुन्छ ?
मुख्यरुपमा बुझ्नुपर्ने कुरा के हो भन्दा अहिलेको विश्व परिवेशमा सूचना सङ्कलन अत्यन्तै महत्वपूर्ण विषय हो । सूचना सङ्कलन सैनिक दृष्टिकोणले मात्रै सिमित रहेको छैन । आजभोलि आर्थिक सूचना सङ्कलन पनि एउटा महत्वपूर्ण राष्ट्रिय सुरक्षाको पाटो रहेको छ । मुख्यरुपमा के हो भन्दा सूचना सङ्कलनको प्रक्रियामा ओपन सोर्स इन्टेलिजेन्स अत्याधिक मात्रामा प्रयोग हुन्छ । त्यसको मतलब हामी सबैजना व्यक्तिहरु सूचनाको स्रोत हुन सक्छौं । तर त्यसको अर्थ सबै जना सेनाको लागि अथावा अमुक संस्था विशेषको लागि इन्फर्मर हुन भन्ने बुझाई गलत हुन्छ । हामी सबै नै सूचनाको लागि कुनै न कुनै ढंगले हाम्रो विशेषज्ञताको कारणले विज्ञताको कारणले जसको कुनै सुरक्षाको आयाम त्यसमा जोडिएको हुनसक्छ । त्यसले गर्दाखेरी सूचनाको स्रोत चाहिं हुनसक्छौं । तर जुन आधिकारीक रुपमा इन्टेलिजेन्स वल्र्डमा इन्फर्मर भनेर चिनिन्छन त्यस्तो किसिमको इन्फर्मर सबैजना होइनन । त्यो किसिमले बुझिदिन एकदमै आवश्यक छ । जुन मिसकन्सेप्सन अथवा मिसप्रसेप्सन छ त्यो आवश्यक छैन जस्तो लाग्छ ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top