Nepal Times
Nepal Times
3
Shares

अब गाउँ र सहर छुट्याइने

अब गाउँ र सहर छुट्याइने

१६ फागुन, काठमाडौँ । हाम्रा देशमा कति गाउँ छन् ? सहर कति छन् ? स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २६० वटा नगरपालिका छन्। तर, त्यहाँ हुनुपर्ने सेवासुविधा, पूर्वाधार विकास देखिँदैन। गाउँ त गाउँ नै रह्यो।

अब भने सरकारले २०७८ को राष्ट्रिय जनगणनामा गाउँ र सहर छुट्याउने गरी विवरण संकलन गर्ने भएको छ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक तीर्थराज चौलागाईंले जनगणनामा गाउँ र सहर छुट्याउन छुट्टै प्रश्नावली बनाइएको जानकारी दिए।

जनगणनाको १ सय १० वर्षको इतिहासमा पहिलो पटक सामुदायिक प्रश्नावली त्यसकै लागि तयार पारिएको छ। सामुदायिक प्रश्नावलीले सहर र गाउँलाई छुट्याउने निर्देशक चौलागाईंको भनाइ छ।

स्थानीय तहको वडासम्म पुगेर सुपरिवेक्षकले त्यो प्रश्नावली भराउनेछन्। सहरी सेवासुविधामा बडावासीको पहुँचको अवस्थाको छुट्टै प्रश्नावली राखिएको छ।

भौतिक पूर्वाधार, आर्थिक पूर्वाधार/सेवासुविधाको अवस्थाबारे विवरण संकलन गरिनेछ। इन्टरनेट, विद्युत्, क्याम्पस, अस्पताल, एम्बुलेन्स सेवा, बजार, बैंक तथा वित्तीय संख्या, सहकारी संख्यालगायत भौगोलिक क्षेत्रभित्र सेवासुविधा उपलब्धताको अवस्थाबारे एक/एक तथ्यांक संकलन गरिनेछ। यसका लागि विभिन्न प्रश्नावली सोधिनेछ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.