×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

निक्षेप र कर्जाको ब्याजदर अन्तर सीमा नघटाउने बैंकहरूलाई कारबाही गर्ने

१७ फाल्गुन २०७७

१७ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड दर) सीमा नघटाउने बैंकहरूलाई कारबाही गर्ने भएको छ ।

बैंकहरूले ४ दशमलव ४ प्रतिशतभन्दा बढी स्प्रेड दर कायम गर्न नपाउने नीतिगत व्यवस्था भए पनि केही बैंकले यसको पालना नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको हो ।

Advertisement
Advertisement

स्प्रेड दर सीमाभन्दा बढी भएमा पनि कर्जाको ब्याजदरमा भार पर्नसक्ने भएकाले केन्द्रीय बैंकले यसमा नियन्त्रण गर्न खोजेको बताएको छ ।

राष्ट्र बैंकले आइतवार परिपत्र जारी गर्दै कुनै महीनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रयमाससम्ममा सीमाभित्र ल्याउन निर्देशन दिएको छ ।

‘ब्याजदर अन्तरको सीमा उल्लंघन गर्ने संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही गरिनेछ,’ परिपत्रमा भनिएको छ ।

राष्ट्र बैंकले फागुन २ गते आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनेअनुसार पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्ने अवधि थपेको छ ।

समीक्षामा २०७७ पुस मसान्तसम्म कर्जा पुनःसंरचना/पुनर्तालिकीकरण गर्न असमर्थ ऋणीहरूबाट ब्याजको ५ प्रतिशत रकम असुलउपर गरी २०७८ असार मसान्तभित्र कर्जाको पुनःसंरचना/पुनर्तालिकीकरण गर्न पाइने व्यवस्था गरिएको थियो ।

यसअनुसार बैंक तथा वित्तीय संस्थाले लिखित कार्ययोजना को विश्लेषण गरी बक्यौता ब्याजको न्यूनतम ५ प्रतिशत असुलउपर गरी एकपटकका लागि कर्जा पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न सक्नेछन् ।

Advertisement
Advertisement

यसपटक बक्यौता ब्याजको न्यूनतम ब्याजदर सीमा घटाइएको छ । केही व्यवसायीले यसअघि बक्यौताको १० प्रतिशत ब्याज पनि बैंकलाई बुझाउन सकेनौं भनेर अवधि थप्न अनुरोध गरेकाले यसलाई केन्द्रीय बैंकले उपयुक्त ठानेको गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने क्रममा बताएका थिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top