विराटनगरमा सेनिटाइजर सेवनबाट दुई जनाको मृत्यु

१७ फागुन, विराटनगर । सेनिटाइजर सेवनका कारण विराटनगरमा दुईजनाको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको एकैदिन मृत्यु भएको हो ।

Advertisement

श्रीमतीसँग विवाद हुँदा शनिवार राति सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताएका छन् ।

त्यसैगरी झापाको शिवसताक्षी नगरपालिका–४ घर भएको तर विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको पनि सेनिटाइजर सेवनबाटै मृत्यु भएको छ ।

Advertisement

प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मदिराको नशामा रहेकी गिरीले शनिबार राति बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन् ।

महिलाले सेनिटाइजर सेवन गरेको भएपनि मृत्युको कारण शरीरमा भएको अन्य रोग र निसासिएका कारण मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । मण्डलको स्वास्थ्य जाँच गर्दा भने अर्गानो फोसफोरस देखिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top